कोरोना भाइरसबाट अमेरिमा एक नेपालीको मृत्यु

काठमाडौं । नोभल कोरोना भाइरसका कारण अमेरिकामा बस्दै आएका एकजना नेपालीको मृत्यु भएको छ।

पुर्ख्यौली घर पाँचथर भएका रमेश सम्वाहाङ्फे कोरोना संक्रमण भएर केही दिनअघि अस्पताल भर्ना भएका थिए । उनको मंगलबार मृत्यु भएको हो। पाँचथरको रानी गाउँमा जन्मिएका सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएका थिए।

उनी अमेरिकामा ह‍ोटल तथा ट्याक्सी व्यवसाय संचालन गर्दै आएका थिए । साविक रानीगाउँ–४ निवासी उनको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सम्वाहाङ्फे परिवारसहित अमेरिकामा रहेर व्यावसायमा संलग्‍न थिए। उनकी श्रीमती र दुई छोरा पनि अमेरिकामै रहेका छन्।

प्रतिक्रिया