खोजखबर

चितवनमा दुर्घटना, दुईको मृत्यु

सौर्य अनलाइन २०७६ चैत ११ गते १२:०६ मा प्रकाशित

चितवन । चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ रहेका छन् ।

प्रहरीका अनुसार चौबिसकोठीबाट गीतानगर जाँदै गरेको प्रदेश नम्बर ३–०३००३ प १६३४ नम्बरको मोटरसाइकलले सोमबार राति भरतपुर महानगरपालिका–७ विकास चोकमा स्थानीयवासी ४२ वर्षीय सापकोटालाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ निवासी २१ वर्षीय सविन आचार्य घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै स्कर्पियोले सोमबार राति भरतपुर महानगरपालिका–१० त्रिचोकमा धादिङ घर भई भरतपुर महानगरपालिका–१० बस्ने ४० वर्षीय साजन तामाङलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । तामाङलाई ठक्कर दिने स्कर्पियोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय