तीन सय विद्यार्थी फर्काउँन ३० लाख विनियोजन

डोल्पा । डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि रु ३० लाख रकम छुट्याएको छ । काइके गाउँपालिकाको आपतकालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३०० विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम
छुट्याएको हो ।

विश्वव्यापी रूपमा कोरोना भाइरसको त्रासका कारण नेपालगञ्ज, काठमाडाौँ पोखरा, सुर्खेतलगायतका जिल्लामा पढ्न गएका विद्यार्थीहरू घर फर्कन चाहेकाले उनीहररूलाई फर्काउनका लागि बैठकबाट रु ३० लाख रकम छुट्याइएको गाउँपालिकाका अध्यक्ष अंगग रानाले जानकारी दिए।

आफू बसेको ठाउँबाट हवाईजहाज वा गाडी जुनसुकै सवारी साधनबाट घर फर्कने विद्यार्थीको भाडा गाउँपालिकाले व्यहोर्ने उनले बताए । विद्यार्थीका लागि छुट्याइएको रु ३० लाख रकमबाट मास्क, स्यानिटाइजर र साबुन खरिद गर्ने बताइएको छ ।

प्रतिक्रिया