लाज लाग्दैन, संकटमा कालो बजारी ?

बजारमा सर्वसाधारणले ५ रूपैयाँमा किन्ने मास्कको होलसेल मूल्य १ रूपैयाँ ८० पैसा पर्ने रहेछ । व्यवसायीका अनुसार उत्पादन हुँदा एक प्याकेट अर्थात् ५ वटाको मूल्य ८० रूपैयाँमा बिक्री हुदै आएको थियो । हाल एक प्याकेजको मूल्य १८ सयसम्म पुगेको बताइन्छ । सर्वसाधारण एक थानको ४० रूपैयाँसम्म हालेर किन्न बाध्य भएका छन् । त्यो पनि सहज पाइँदैन । मास्कमा मात्रै होइन्, यति वेला दैनिक उपभोग्य बस्तुमा समेत अभाव सिर्जना गरिदै छ 

नेपालीहरूको एउटा स्वभाव छ, कति वेला मुलुकमा संकट पर्छ र मौकाको फाइदा उठाउ भन्ने ! यति वेला पनि त्यही मौकाको फाइदा उठाउँदै कालो बजारी गर्नेहरूको बिगबिगी छ । विश्व कोरोना भाइरसको त्रासमा रहेको वेला नेपालका अधिकांश बजारमा मेडिकल मास्कको अभाव देखिएको छ । बजारमा मास्क अभाव भएसँगै अन्य समयको भन्दा १० गुणाभन्दा बढी मूल्यमा कालोबजारीमार्फत मास्क किन्न बाध्यछन् नेपाली उपभोक्ता ।

हिन्दीमा एउटा उखान छ, ‘मर्ता क्या नही कर्ता’ नेपालीहरूका लागि यतिवेला त्यस्तै भएको छ । जिन्दगीमा कहिल्यै मास्क नलगाउनेहरूले पनि यति वेला मास्क लगाउन थालेका छन् । हुन पनि ज्यानभन्दा ठूलो केही होइन । तर, भएर केगर्नु औषधि पसलमा मास्क छ भनेर सोध्नै नपर्ने भएको छ । पसलेले ठूला अक्षरमा ‘यहाँ मास्क छैन’ भन्ने लेखेर टाँस्ने गरेका छन् । मास्क अहिले मात्रै होइन हाम्रो जस्तो प्रदूषण हुने सहर बजारमा सधै लगाउँदा उचित हुन्छ । तर, यति वेला मास्क स्वास्थ्यमा लागि जानि नजानी लगाउनै पर्ने भएको छ ।

‘के निहुँ पाउँ कनिका बुक्याउँ’ भने झैँ गरी बसेका साना ठूला व्यपारीका लागि कोरोना रातारात धनी बन्ने उचित समय जस्तै भएको छ । कहिले संकट आउला र कमाउला भनेर मौका हेरेर बसेका बिचौलिया र व्यवसायीले कोरोना भाइरसको निहुँमा मास्कमा कालोबजारी र ब्रह्मलुट गर्न थालेका छन् । ५ रूपैयाँमा पाइने मेडिकल मास्कलाई बजारमा अभाव सिर्जना गरेर ४५ रूपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ । यसले हामीमा मानवियता कति तल झरेको छ भन्ने देखाउछ । यस्तो वेला कृतिम अभाव सिर्जना गर्ने र राता रात कमाउने सोच राख्नु भनेको घृणित कार्य हो । त्यसका लागि जति घृणा गरे पनि कम हुन्छ ।

केही दिन यता राजधानी काठमाडौंलगायत देशको विभिन्न ठाउँमा मास्कको अभाव भै रहेको छ । तर, मास्क नभएकाले होइन, गोदामा लुकाएर राखेकाले हो भन्ने कुरा काठमाडौंमा नै ठूलो परिणममा मास्क भेटिनुले प्रष्टयाएको छ । यसले कोरोनाका नाममा कमाउ धन्दा कसरी अगाडी बढदै छ भन्ने देखाउछ । सोमबार राजधानीको सतुगंलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित प्रहरीले दुई व्यापारीलाई पक्राउ गर्यो ।

त्यति ठूलो परिणाममा मास्क लुकाउने तर, बजारमा उपभोक्ताले किन्न नपाउने ? ती व्यापारीलाई कडा कारबाही गरिनुपर्छ । यो सामान्य कुरा होइन । यो मात्रै होइन अन्य ठाउँबाट पनि प्रहरीले ठूलो परिणाममा मास्क सहित व्यापारीलाई नियान्त्रमा लिएको समाचार आइरहेको छ । दर्जनभन्दा बढी मेडिकल पसल कारबाहीमा परिसकेका छन् । यसले हाम्रो सोचाइ कस्तो छ भन्ने देखाउँछ ।

यस्तै, आइतबार पनि काठमाडौंको कपनमा १ लाख ६८ हजार थान मास्कसहित अजिम बक मियाँ र सज्जनकुमार रेग्मी पक्राउ परे । यस्ता व्यक्तिलाई कडा कारबाही गरिनुपर्छ । यी व्यापारी मात्रै होइनन्, मान्छेको स्वास्थ्य र जीवनलाई पैसासँग खेल्ने तल्लो स्तरको सोच भएमा प्राणी हुन् । व्यापार भनेको आफूले किनेको वस्तुमा मुनासिक नाफा खाएर बेच्नु हो र यसलाई व्यवसाय भनिन्छ । तर, यहाँ त भएको सामान लुकाएर दशौं गुणा नाफा खाने अनि बजारमा अभावको आतंक सिर्जना गर्ने प्रयास भै रहेको छ । प्रहरीलाई नियन्त्रणमा लिएको मास्क टेकुसम्म लैजान ८ वटा ट्रक चाहिएको थियो ।

संसार यति वेला कोरोनाको महामारीमा छ । कसरी बच्ने ? रोगबाट भन्ने चिन्ता छ विश्का मान्छेलाई । तर, हामी नेपाली भने यही वेला कसरी बजारमा अभाव सिर्जना गर्ने र धनी भइहाल्ने भन्ने अभिलाषामा छौं । यति वेला नेपालमा जुन ढंगले कालो बजारी भइरहेको छ त्यो गम्भिर अपराध हो । व्यापार कमाउनका लागि गरिन्छ । लगानी गरेर कमाउनु व्यापारको उदेश्य हो । तर, कालो बजारी वा अभाव सिर्जना गरे उपभोक्तालाई आंकित पार्नु व्यापार होइन ।

यहाँ निर सोच्नुपर्ने भएको विश्वमा यस्ता पनि व्यापारी छन् जो मौकामा कामाउनमात्रै लाग्दैनन, आफूले सकेको सहयोग पनि गर्छन् । केही दिन अघि चिनियाँ धनाढ्य ज्याकमाले अमेरिकालाई ५ लाख टेस्टिङ किट र १० लाख थान मास्क दिने घोषणा गरे । यस्तै, जापान र इरानलाई १० लाख तथा युरोपमा १८ लाख लाख मास्क प्रदान गर्ने घोषणा गरेका थिए उनले । उनी पनि लगानी गरेर नाफा खाने व्यापारी नै हुन् । तर, हाम्रा व्यापारी भएको मास्क बजारमा पठाउन छोडेर गोदाममा लुकाउँछन् र कालो बजारी गर्ने ध्याउन्नमा लाग्छन् ।

पछिल्लो समय नेपाली व्यापारीले गरेको हर्कत नेपालीहरूको शिर निहुराउने खालको छ । लाज मान्नुपर्ने हो त्यस्ताले थोरै पनि मानवियता छ भने । स्वास्थ्य मान्छेको सबै भन्दा ठूलो कुरा हो । अहिले विश्व नै कोरोनाको कारण विपदमा छ र यसबार कसरी बच्ने उपाय खोज्दै छ । हामी भने मान्छेको जिवनसँग खेलेर पैसा कामाउन खोज्दै छौं, आखिर के का लागि ? के कोरोनाले ठूला र पैसा भएकालाई छुन सक्दैन ? तिम्रा परिवार यहि समाज र यहि सहरमा बस्ने होइनन् ? उनको शरिर र आम नेपालीको शरिरमा के फरक छ ? यस्तो वेला हामी सबैले आफ्नो ठाउँबाट सचेत हुँदै एक अर्कालाइ सहयोग गर्नुपर्छ । आखिर समस्या भोग्ने भनेको हामी नेपालीले नै हो । मर्दा पोल्ने दाउराले नै हो । कसैलाई रोग नलागोस भनेर कामना गरौं ।

जानकारीमा आएअनुसार बजारमा सर्वसाधारणले ५ रुपैयाँमा किन्ने मास्कको होलसेल मूल्य १ रूपैयाँ ८० पैसा पर्ने रहेछ । व्यवसायीका अनुसार उत्पादन हुँदा एक प्याकेट अर्थात ५ वटाको मूल्य ८० रूपैयाँमा बिक्री हुदै आएको थियो । हाल एक प्याकेजको मूल्य १८ सयसम्म पुगेको बताइन्छ । सर्वसाधरण एक थानको ४० रूपैयाँसम्म हालेर किन्न बाध्य भएका छन् । त्यो पनि सहज पाइँदैन ।

मास्कमा मात्रै होइन्, यति वेला दैनिक उपभोग्य बस्तुमा समेत अभाव सिर्जना गरिँदै छ । दाल, चामल, ग्यास, नुन, तेल जस्ता वस्तु बजारमा कम पाउन थालेको छ । पेट्रोलपम्पहरू बन्द हुँदैछन् । खुलेकामा सयौँ सवारीसाधन लाइन हुन्छ । सरकार भने दाल चामल चाहिए आउ भन्छ जाने कहाँ हो  हरेक जसो सामानको मूल्य बढेको छ भने बजारमा अभाव सिर्जना भएको छ ।

ज्वरो नाप्ने मेसिनको समेत व्यवसायीले मूल्य बढाएको उपभोक्ताले गुनासो गर्न थालेका छन् । यो समस्या अहिले मात्रै भएको होइन जब कुनै विपत्ती आउँछ यस्तै प्रकारका समस्या देखिने गरेको छ । ०७२ सालको भूकम्पका वेला पनि कालाबजारी गर्नेहरूले नेपाली उपभोक्तालाई निकै सास्ती दिएका थिए । अहिले पनि त्यही समस्या दोहोरिँदै छ । फरक यति हो उति वेला खाने समस्या थियो अहिले स्वास्थ्यको कुरो छ ।

विश्वको सय भन्दा बढी देशलाई कोरोना भाइरसले सताइरहेको वेला नेपालमा अहिलेसम्म त्यसको प्रभाव परेको छैन यो हाम्रा लागि खुसिको कुरा हो । यसले हामीलाई केही राहत मिलेको छ । तर, अहिलेदेखि नै हामिले बिचौलिया र तस्कारको सामना गर्नुपरेको छ । यदि भोलिका दिनमा हामीले कोरोनाको सामना गर्नु पर्ने अवस्था आएमा हाम्रो बजार कस्तो होला ? अहिले स्वास्थ्यका लागि सेनिटाइजर, मास्क र हात धुने जेल चाहिएको छ भने दैनिक उपभोग्य वस्तु पातलिएको छ ।

हामीले ०७२ को भूकम्पलाई पनि सम्झनपर्छ । अहिलेको बजार र व्यापारीको मानसिकतालाई मात्रै हेरेर पुग्दैन । हामी नेपाली उपभोत्ता पनि केही समस्या आउन लागे आवश्यक वस्तुको भण्डारण गर्न लाग्छौँ । त्यो बाध्यता पनि छ । जबसम्म निगमन निकाय कडा हुँदैन र यस्ता समस्यका वेला पनि सहज रूपमा उपभोग्य वस्तु पाइन्छ भन्ने ग्यारेन्टी र अनुभूति हुँदैन यस प्रकारका समस्या झेलिरहुन पर्ने हुन्छ ।

प्रतिक्रिया