पर्यटनमा छलाङ मार्दै गण्डकी प्रदेश

विन्दुकान्त घिमिरे

पछिल्लो तथ्याङले नेपाल आउने पर्यटकको ४५ प्रतिशत पर्यटक गण्डकी प्रदेश आउने गरेको देखाउँछ । वार्षिक रूपमा आन्तरिक र बाह्य पर्यटक गरी १० लाख भित्रिने यस प्रदेशमा बाह्य पर्यटकले ५४ डलर र आन्तरिकले पाँच हजार रुपैयाँ खर्च गर्ने गरेको देखिन्छ । गण्डकी प्रदेशमा पर्यटनबाट कुल रोजगारीको १५ प्रतिशत मानिसले रोजगार पाएको देखिन्छ ।

लगभग २१ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गण्डकी प्रदेशमा २४ लाख ३ हजार जनसंख्या छ । यहाँ लगभग ९० प्रतिशत नागरिक साक्षर छन् भने मानव विकास सूचकांक सबै प्रदेशभन्दा माथि छ । हिमाल र पहाडका ११ जिल्ला मिलेर बनेको गण्डकी प्रदेश जल र पर्यटनमा धनी छ । देशमा अहिले झण्डै नौ सय मेगाबाट बिजुली उत्पादन भएको छ । जसमध्ये, ४ सय २५ मेगावाट विद्युत् गण्डकी प्रदेशबाट मात्रै उत्पादन भएको छ । देशकै धेरै क्षमतावान १ सय ४४ मेगावाटको कालीगण्डकी–ए जलविद्युत् आयोजना पनि गण्डकी प्रदेशमा छ ।

नेपालका सात प्रदेशमध्ये गण्डकी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा सहासिक पर्यटनका हिसाबले अत्यन्त महत्वपूर्ण प्रदेश हो । मौलिक कला, संस्कति, प्राकृतिक एवं् ऐतिहासिक सम्पदा र भौगोलिक तथा जैविक विविधताले यस प्रदेशका अमूल्य निधि हुन् । पर्यटकीय दृष्टिकोणले अत्यन्त सुन्दर यहाँका अमूल्य कला, संस्कृति र प्राकृतिक, ऐतिहासिक सम्पदा र प्रचूरताका हिसाबले गण्डकी प्रदेश अग्रस्थानमा छ । जैविक, सामाजिक, सांस्कृतिक, साहसिक, ऐतिहासिक र धार्मिक विविधताले यस प्रदेशको पर्यटनमा अहं भूमिका खेलेका छन् । गण्डकी प्रदेशमा मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, गलेश्वर, विन्ध्यवासिनी, ढोरवराह, केलादीघाट, त्रिवेणी, देवघाट, सेतीवेणी लगायतका धार्मिक पर्यटकीय गन्तव्य पर्दछन् भने ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण, तथा मनास्लु संरक्षण क्षेत्र, धौलागिरि, अन्नपूर्ण तथा मनास्लु हिमश्रृखंला र सोअन्तर्गत रहेका महत्वपूर्ण हिमालले यो प्रदेशको पर्यटकीय आयाम थपेको छ । संसारकै अग्लो स्थानमा रहेको ताल तिलिचो, रामसारमा सूचीकृत पोखराका नौ तालहरू, संसारकै सबैभन्दा गहिरो गल्छी, शालिग्राम पाइने कालिगण्डकी नदी तथा अन्धगल्छी, रुप्से झरना, विभिन्न गुफाहरू, ग्रामीण बस्ती, होमस्टेहरू, विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गका साथै मौलिक संस्कृतिहरू यहाँका प्रमुख पर्यटकीय गन्तव्यस्थल बनेका छन् ।
नेपाललाई सन् १९४९ पश्चात् बाह्य पर्यटनका लागि खुल्ला गरिएको हो । फ्रेन्च नागरिक मौरिस हर्जगले १९५० को जुन ३ मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरी सुरुआत गरेको गण्डकीको पर्यटन क्षेत्र वर्तमान अवस्थामा गण्डकी प्रदेशको अर्थतन्त्रको प्रमुख आधारशिला बन्न पुगेको छ । पछिल्लो तथ्यांकले नेपाल आउने पर्यटकको ४५ प्रतिशत पर्यटक गण्डकी प्रदेश आउने गरेको देखाउँछ । वार्षिक रूपमा आन्तरिक र बाह्य पर्यटक गरी १० लाख भित्रिने यस प्रदेशमा बाह्य पर्यटकले ५४ डलर र आन्तरिकले पाँच हजार रुपैयाँ खर्च गर्ने गरेको देखिन्छ । गण्डकी प्रदेशमा पर्यटनबाट कुल रोजगारीको १५ प्रतिशत मानिसले रोजगार पाएको देखिन्छ । पर्यापर्यटन, ग्रामीण पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटन, साहासिक पर्यटनजस्ता पर्यटकीय गतिविधिहरूको उल्लेखनीय सम्भावना बोकेका कारणले नै गण्डकी प्रदेश पर्यटनका हिसाबले अगाडि देखिएको पाइन्छ ।

पर्यटनको प्रचुर सम्भावनालाई दृष्टिगत गर्दै गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष घोषणा गरेको थियो । २०२० लाई छिमेकी देश भ्रमण वर्ष, २०२१ लाई पर्यटन पूर्वाधार वर्ष र २०२२ लाई गण्डकी प्रदेश अन्तर्राष्ट्रिय भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको छ । उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ«ेको छायाँ सुन्दर सहर पोखरामा मात्र नभई गण्डकी प्रदेशका तालतलैया, मठमन्दिर, स्मार्ट भिलेज लगायतका स्थानहरूमा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिन्छ ।

पोखरा भनेको एकपटक जानै पर्ने ठाउँ हो भन्ने कुरा मेचीदेखि महाकालीसम्म स्थापित भइसकेको छ । खासगरी दसैँ र तिहार बिदामा आन्तरिक पर्यटकहरूका कारण पोखराका व्यवसायीहरूलाई भ्याइनभ्याइ हुन्छ । दसैँ तिहारको बीचमा विभिन्न स्कुल तथा क्याम्पसमा बिदा हुने भएका कारण पनि देशका विभिन्न भागबाट आउने पर्यटकले गण्डकी प्रदेशको पर्यटन चलायमान बनाएको छ । दसैँ बिदा सुरु भएलगत्तै विभिन्न भागबाट पोखरा आउने पर्यटकका कारण यहाँका पर्यटन व्यवसायीलाई यो यामको उपयोग गर्न भ्याइनभ्याइ हुने गरेको छ ।
अन्नपूर्ण चक्रीय पदमार्ग, धौलागिरि चक्रीय पदमार्ग र मर्दी हिमाल ट्रेक जाने पर्यटहरूको संख्यामा समेत वृद्धि भएको छ । सेप्टेम्बरको मध्यदेखि अक्टोबर, नोभेम्बरसम्म पर्यटकीय सिजन मानिन्छ । दसैँ तिहारको समयमा धार्मिकरुपमा आउने भारतीय पर्यटकका कारण पनि यहाँको पर्यटन चलायमान हुने गरेको छ । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेपछि भारतका विभिन्न स्थानबाट मुक्तिनाथ पुग्ने पर्यटकको संख्यासमेत ह्वात्तै बढेको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले पनि चिनियाँ पर्यटक नेपालमा खनिने अपेक्षा गरिएको छ । तर, यतिबेला चीनमा फैलिएको कोरोना भाइरसका कारण ठूलो धक्का लागेको छ ।

गण्डकीका नयाँ पर्यटकीय गन्तव्य
सकारले एक वर्षअघि मुलकभर नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरेको थियो । जसमध्ये करिव ४० प्रतिशत त गण्डकी प्रदेशमै छन् । बाग्लुङको जैमिनीधाम–माइस्थान–हाँडीकोट, बाग्लुङ–कालिका, पन्चकोट–शालिग्राम संग्रहालय तथा रंगबेंकटेस मन्दिर, ढोरपाटन, उत्तरगंगा क्षेत्र, घुम्टेको लेक, गाँजाको दह (रुद्रताल), भैरव मन्दिर तथा भकुन्डे, सत्यवती मन्दिर, गाईघाट झरना, भुलेनी, बिउकोट, शिवधुरी–हिमालयन भ्यू प्वाइन्ट र रामकोट छन् ।

कास्कीका पर्यटकीय गन्तव्यहरूमा अन्नपूर्ण बेसक्याम्प, पाताले छाँगो, विश्व शान्ति स्तूप, गुफाहरू (गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति), फेवाताल, तालबाराही मन्दिर, बेगनास ताल, रूपा तालसहितका तालहरू, विन्ध्यवासिनी मन्दिर, सराङकोट, कोटहरू (रुपाकोट, पुम्दीकोट, कास्कीकोट, स्यालुङकोट, ठूलाकोट) एवं काहुँडाँडा छन् ।

मुस्ताङका पर्यटकीय गन्तव्यमा लो–घेकर गुम्बा, दामोदर कुण्ड, लोमाङथाङ दरबार, मुक्तिनाथ, कागवेनी, कुछप तेरेङका गुम्बा र गुफाहरू, धौलागिरि आइस फल, लियोपार्ड क्याम्प (ठिनी), टिटी ताल तथा जोमसोम छन् ।  मनाङका पर्यटकीय गन्तव्यमा तिलिचो ताल, पोङकर ताल, डोना ताल, गंगापूर्ण ताल, अन्नपूर्ण हिमाल १, २, ३ र पदमार्ग, छो–कर्णताल, थोन्चे–लार्के पदयात्रा, मनाङ–थोराङपास पदयात्रा, नारफू–काङला पदयात्रा तथा तिब्बती खम्पाका बंकर छन् ।

म्याग्दीका पर्यटकीय गन्तव्यमा धौलागिरि बेसक्याप, धौलागिरी आइसफल, गलेश्वर धाम, पुलस्त्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोडर्के धुरी र हिमाल, पुन हिल र घोरेपानी, मालिका धुरी, रुप्से छहरा र अन्ध गल्छी, सिंगा तातोपानी एवं खोप्रा लेक छन् ।  पर्वतका पर्यटकीय गन्तव्यमा भमरकोट माटे, जलजला, हम्पाल, कालान्जार पर्वत, पन्चासे पन्चधाम, डहरे–नीलकण्ठ पर्वत, प्राकृतिक टावर, चिसापानी, कालिका, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम, कुस्मा मोदीवेणी, गुफा र नेपालकै अग्ला लामा पुलहरू, महाभिर छहरा, बन्जीजम्प, स्काई साइक्लिङ तथा स्विङ छन् ।

स्याङ्जाका पर्यटकीय गन्तव्यमा शाल्मेडाँडा–गोर्खा स्मारक, नुवाकोट कालभैरव मन्दिर, सिरुवारी पर्यटकीय गाउँ, आलमदेवी मन्दिर, स्वरेक मैदान प्यराग्लाइडिङ, मिर्मी सेतीवेणी उच्च तथा स्टिमर यात्रा, चण्डीथान, गह्रौकालिका, छायाँ क्षेत्र (छ्याङछ्याङदी) राम्दीधाम तथा अन्धाअन्धी छन् ।  लमजुङका पर्यटकीय गन्तव्यमा काउलेपानी, लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ सार्क भिलेज, घनपोखरा, ईशानेश्वर महादेव, करापुटार, दूधपोखरी (गोर्खा र लमजुङको सिमाना) सिउरुङ गाउँ तथा भुजुङ गाउँ छन् ।

तनहुँका पर्यटकीय गन्तव्यहरूमा बन्दीपुर, देवघाट, ढोरबाराही, छाब्दी बाराही, व्यास गुफा, घाँसी कुँवा, तनहुँसुर कालिका तथा दरबार क्षेत्र, भानुभक्तको जन्मस्थान, छिम्केश्वरी मन्दिर, बूढी देवता मन्दिर आँधिमूल बाराही तथा मिर्लुङकोट छन् ।  गोरखाका पर्यटकीय गन्तव्यहरूमा गोर्खा दरवार र गोर्खा संग्रहालय, मनकामना मन्दिर र केलबकार, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखकालिका, बारपाक र लारपाक (०७२ को भूकम्पको केन्द्रबिन्दु), मनास्लु हिमाल र संरक्षण क्षेत्र, लिगलिगकोट, छेकम्पार तथा लार्केपास छन् ।

नवलपुरका पर्यटकीय गन्तव्यमा मौलाकालिका, लोसेधारा, कैलाश आश्रम, देवचुली, वरचुली, त्रिवेणी गजेन्द्रमोक्ष धाम, मान्यबिन्दु, कैलाश पर्वत, घुमाउरीघाट (कामधेनु क्षेत्र), शाश्वत धाम, अकलादेवी तथा दाउन्ने देवी छन् ।  यसका साथै प्रदेश सरकारले केही साहसिक पर्यटकीय गन्तव्यहरूसमेत सार्वजनिक गरेको छ । प्यराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, ¥याफ्टिङ, घोडचढी, स्किइङ, बन्जीजम्प, साहसिक पिङ (स्विङ), हर्ट एयर बेलुनिङ तथा जंगल सफारी आदि साहसिक पर्यटकीय गन्तव्य सार्वजनिक गरिएको हो ।

यसैगरी गण्डकी प्रदेश सरकारले पनि १ सय १० वटा पर्यटकीय गन्तव्य छनौट गरेको छ । प्रदेश सरकारले छनोट गरेको १ सय १० पर्यटकीय गन्तव्यमा मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, गलेश्वर, विन्ध्यवासिनी, तालबाराही, ढोरबाराही, छाब्दी बाराही, केलादीघाट, त्रिवेणी, देवघाट, सेतीवेणी, छिम्केश्वरी, बाग्लुङ कालिका, गह्रौ कालिका, सतौंचण्डी कालिका, मौला कालिका, अकलादेवी लगायतका धार्मिक पर्यटकीय गन्तव्य पर्दछन् । त्यस्तै ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण तथा मनास्लु संरक्षण क्षेत्र, धौलागिरी, अन्नपूर्ण माछापुच्छ«े, मर्दी तथा मनास्लु हिमश्रृंखला र त्यसअन्तर्गत रहेका महत्वपूर्ण हिमालले यो प्रदेशको पर्यटकीय आयाम थपेको छ ।

संसारकै अग्लो ताल तिलिचो, रामसारमा सूचीकृत पोखराका नौ तालहरू, संसारकै सबैभन्दा गहिरो गल्छी, शालिग्राम पाइने कालीगण्डकी नदी तथा अन्धगल्छी, रुप्से झरना, विभिन्न गुफाहरू, ग्रामीण बस्ती यहाँका महत्वपूर्ण पर्यटकीय गन्तब्य बनेको छ । नेपालकै पहिलो सिरुबारी होमस्टे, घलेगाँउ, राईनासकोट, भुजुङ, थारु भिलेजजस्ता होमस्टे साथै थपिँदै गरेका होमस्टेहरूमा पर्यटकको चाप बढिरहेको छ । विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग, माछापुच्छ«े पदमार्ग, मनास्लु, मदी हिमाल, घोरेपानी, पुलहिल पदमार्ग यहाँका प्रमुख पर्यटकीय पदमार्ग बनेका छन् ।

प्रतिक्रिया