ललितले लिए क्रिकेटबाट सन्न्यास

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी ललितसिंह भण्डारीले सन्न्यास लिएका छन् । उनलाई आइतबार सामाजिक सञ्जालमार्फत सन्न्यास लिएका हुन् । ‘धेरै सोचविचार र आत्ममन्थनपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेको छु’, उनले लेखेका छन् ।

२८ वर्षीय बलर ललितले सन् २०१८ मा नेदरल्यान्डविरुद्ध भएको एकदिवसीय खेलमार्फत नेपाली राष्ट्रिय टोेलीमा डेब्यु गरेका थिए । सो खेल नेपालको पहिलो एकदिवसीय खेल थियोे ।

उनले सो खेलमा २ विकेट लिएका थिए । २७ भदौ २०७७ मा भएको सडक दुर्घटनापश्चात् उनले टोलीमा पुनरागमन गर्न सकेनन् । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म२प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियोे । दुर्घटनामा परी भण्डारीसहित मोटरसाइकलमा सवार करण ठगुन्ना घाइते भएका थिए । त्यसयता उनी घरेलु प्रतियोगिता खेलिरहेका थिए ।

प्रतिक्रिया