कामना सेवाले थप्यो एकैसाथ २ शाखा

काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तार गर्ने क्रममा सुदूरपश्चिमअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका १ सुखडर कैलाली जिल्लाको, लम्की चुहा नगरपालिका वडा १ लम्कीमा एकैसाथ २ वटा शाखा कार्यालय गरेको ।

यो सँगै अब बैंकको शाखा संख्या १२० पुगेका छन् । सुख्खड शाखाको उद्घाटन घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्तरूपमा गरे ।

यसैगरी, लम्की शाखाको लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाइँ र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्तरूपमा गरे । काठमाडौं ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२० वटा शाखा कार्यालयहरू तथा ६२ वटा एटिएम मार्फत आफनाग्राहकहरूलाई सेवा प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया