डिल्लीबजार कारागारबाट पूर्वसभामुख महराको बिदाइ

काठमाडौँ । करणी मुद्दा खेपिरहेका निलम्बित पूर्वसभामुख कृष्ण बहादुर महरा डिल्लीबजार कारागारबाट बिदाई भउका छन् । उनलाई जिल्ला अदालत काठमाडौँले सफाइ दिएपछि डिल्लीबजार कारागारभित्रै पूर्वआईजीपी रमेश चन्द ठकुरी र पूर्व डीआईजी रञ्जन कोइरालाले बिदाइ गरेका छन् । जेलभित्र ठकुरी र कोइरालाले महरालाई बधाइ दिँदै खादा लगाएर बिदाइ गरेको कारागार प्रशासन स्रोतले जनाएको छ ।

महरा डिल्ली बजार कारागारको ‘क’ ब्लकमा बस्दै आएका थिए । उनलाई अन्य कैदीबन्दीले पनि बिदाइ गरिरहेका छन् । महरा केहीबेरपछि रिहा हुँदैछन् । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पत्नी गीताको हत्या गरेको अभियोगमा डिल्लीबजार सदरखोर कारागारमा जेलजीवन बिताइरहेका छन् ।  कोइरालाई जन्मकैद फैसला सुनाइएको छ ।

प्रतिक्रिया