स्वतन्त्रता सेनानी शाक्यको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनमा कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी ललितपुर उपमहानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका ८९ वर्षीय शाक्यको निधनमा दुःख व्यक्त गरेका हुन् ।

प्रजातन्त्र सेनानी संघ ललितपुरका पूर्वअध्यक्षसमेत रहनुेका स्व शाक्यले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टीको सङ्गठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व शाक्यको निधनमा पार्टीका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुरेका छन् ।

‘कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शाक्यको निधनको खबरले मलाई अत्यन्तै दुःख लागेको छ, कठिन परिस्थिति, प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन र नेपाली कांग्रेसको सङ्गठन निर्माणमा उहाँले पुर्याउनु भएको योगदानको म उच्च सम्मान गर्दछु’, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले दुःखको यस घडीमा स्व शाक्यप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया