अपराधिक घटना न्यूनीकरण गर्छु: एसपी पन्त

लहान । जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुख कार्यभार सम्हाल्दै एसपी गंगा पन्तले समाजमा हुने हरेक अपराधिक घटना न्यूनीकरणमा कानुनले दिएको अधिकार समय र अवस्थाअनुसार प्रयोग गर्ने बताएकी छन् । बिहीबारदेखि नै प्रहरी प्रमुख कार्यभार सम्हालेकी प्रहरी प्रमुख पन्तले योजना बनाएर कम गर्नुभन्दा पनि प्रहरी संगठनको कर्तव्य शान्ति सुरक्षाका लागि कानुनी ऐनअन्तर्गत काम गर्दै जाने बताइन् ।

आआफूले काम गरेका कारण महिलाहरूमा पनि थप ऊर्जा हौसला मिलेर प्रहरी संगठनमा आउने वातावरण बनाउने भन्दै उनले प्रहरीको काम भन्नु निश्चित समय र काम नभएर हरेक जिम्मेवारी धेरै भएको उल्लेख गर्दै समाजमा हुने हरेक अपराधिक घटना रोक्ने नागरिकको समस्या सुल्झाउनेदेखि सुरक्षासम्मको काम भएकोले आपूm अहोरात्र खटिने बताएकी हुन् ।

सौर्य दैनिकसँग कुराकानी गर्दै एसपी पन्तले प्रहरी नागरिकको साथी हो भन्ने प्रमाणित गर्दै गुनासो लिएर आउने हरेक नागरिकको गुनासो सुनेर काम गर्ने र हरेक नागरिकलाई सहज पार्ने बताएकी छन् । प्रदेश–२ को पर्सा वीरगञ्ज भारतीय सीमा क्षेत्र भएकोले लागुऔषध हातहतियार राजस्व छलिएर सरसामान भित्र्याउनेदेखि विभिन्न अपराधिक घटना हुन सक्ने भएकोले यसलाई रोक्ने प्रयास रहने बताइन् ।

प्रहरी संगठनमा महिलाको कमी भएता पनि महिलामा पनि पूर्ण क्षमता भएको जानकारी गराउँदै महिला हिंसा रोक्ने उद्देश्य रहेको उनले बताएकी हुन् । तराईको समस्या महिलामा हुने शोषण र दमनसँगै दाइजो प्रथा बालविवाहका कारण हुने विभिन्न अपराधिक घटना रोक्ने प्रयास रहने बताइन् । अपराधिक घटना घटाउने र कानुन विपरीत कार्य गर्ने व्यक्तिलाई नियन्त्रणमा लिने र तुरुन्त कारबाही गरिने बताइन् ।

अपराध फैसला सुनाइएका फरार अपराधीहरूलाई पनि खोजी कार्यमा तीव्रता दिने र तिनीहरूलाई पक्राउ गर्ने बताउँदै गैरकानुनी तरिकाले व्यापार व्यवसायया कुनै पनि काम गर्छन् भने तिनीहरूलाई कारबाही गर्न कानुनले दिएको सम्पूर्ण अधिकार प्रयोग गरिने बताएकी छन् । आपूmले काम गरेका कारण महिलाहरूमा पनि थप ऊर्जा हौसल्ला मिलेर प्रहरी संगठनमा आउने वातावरण बनाउने एसपी पन्तको भनाइ छ ।

प्रतिक्रिया