सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्थाभएका महिलाहरुको उपचारकालागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरु लाई प्रतिव्यक्ति बीस हजार सम्म उपचारकालागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनःनवीकरण गरिएको हो । सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ ।

उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो । सानिमा बैंकको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फ बाट निर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गरे । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साँथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताए ।

प्रतिक्रिया