एनप्याब्सन झापाको अध्यक्षमा खिबराज चयन

भद्रपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) झापाको अध्यक्षमा खिबराज भट्टराई चयन भएका छन् । विर्तामोडमा शनिबार सम्पन्न अधिवेशनले एनप्याब्सनको आगामी तीनवर्षे कार्यकालको लागि वरिष्ठ उपाध्यक्षमा अनिता थापा, सचिवमा ओमविक्रम नेम्वाङ, कोषध्यक्षमा मोहन आचार्यलाई चयन गरेको छ ।

संस्थाका सदस्यहरुमा प्रेम शेर्मा, जीवन कट्टेल, दीप श्रेष्ठ, किरण अधिकारी, जीवन भट्टराई, गोमा न्यौपाने, गुणराज गिरी, मनकुमारी पन्द्याक, हजेन्द्रबहादुर बस्नेत र श्रीप्रसाद ढुङ्गेल रहेका छन् । एनप्याब्सन झापाको पालिकास्तरीय अधिवेशनले जिल्लाका विभिन्न पालिकामा क्षेत्रीय कमिटी भने यसअघि नै गठन गरिसकेको एनप्याब्सनका पूर्वअध्यक्ष सञ्जीव राईले बताए ।

प्रतिक्रिया