अमेरिकी सैनिक क्याम्पमा इरानको हमला

बिबिसी । इरानले इराकस्थित अमेरिकाको दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनेरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो।

पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल–असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार भएको हो। मानवीय क्षतिका सम्बन्धमा पेन्टागनले केही भनेको छैन।

‘हामीले इराकस्थित अमेरिकी आधार शिविरहरूमा भएका हमलाबारे थाहा पाएका छौँ। घटनाका बारेमा राष्ट्रपतिलाई सूचित गरिएको छ र उनी आफ्नो राष्ट्रिय सुरक्षा समूहसँग समन्वयमा छन्’ ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया