सांस्कृतिक सम्पदाले धनी पाटन–१

विषय प्रवेश,
विश्व मानचित्रमा नेपाल सानो मुलुक भए तापनि यहाँको भौगोलिक दृष्टिकोणले हिमाल, पहाड र तराईको भिन्नाभिन्नै आनन्द दिने प्राकृतिक सम्पदाले विश्वका जुनसुकै पर्यटकलाई आकर्षित गर्न सफल छन् । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पैmलिएको नेपालमा १२५ भन्दा बढी जातजातिका मानिसहरू बसोबास गर्छन् भने १०३ भन्दा बढी भाषा बोल्छन् ।

हरेक जातजातिका मानिसको कला र संस्कृतिले उनीहरूको मौलिक पहिचान दिन सफल भएको देखिन्छ । संविधानले नेपाललाई सात प्रदेश र ७७ जिल्लामा विभाजन गरेको छ । ती ७७ जिल्लामध्ये काठमाडौं उपत्यकामा अवस्थित ललितपुर कला र संस्कृतिमा धनी जिल्लाको रूपमा चिनिन्छ । यस जिल्लाभित्र रहेको ललितपुर महानगरपालिका परापूर्वकालदेखि नै कला र हस्तकलाको क्षेत्रमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय जगतमा समेत धनी सहरको रूपमा ख्याति कमाएको पाइन्छ ।

यहाँ अवस्थित मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरू विहार, चैत्य, मूर्तिकला, वास्तुकला, चित्रकला रहेका देवालय, शिवालय, पाटी, पौवा, ढुंगेधारा, जंंड, तोरण, टुँडाल आदि कलात्मकताले भरिएका कलाकृतिले यस नगरको रौनकता बढाएको छ । यही कला र हस्तकलाको बेजोड नमुना हेर्नका लागि विभिन्न मुलुकबाट पर्यटक आउने र नेपाली कलाको भव्यताको प्रशंसा गरेको पाइन्छ ।

ललितपुरलाई भौतिक सांस्कृतिक सम्पदा मात्र नभई अमूर्त सांस्कृतिक सम्पदाको धनी सहरका रूपमा चिनाउन सक्षम विभिन्न विधाका कलाकार तथा कालिगढ परापूर्वकालदेखि नै यहाँ बसोबास गर्दै आएका छन् । फरक–फरक टोलमा फरक–फरक विधाका कला सिर्जना गर्ने कलाकारको बसोबासले यस नगरलाई अझ बढी सुन्दर बनाउनुका साथै यसको महत्व पनि बढाएका छन् । उदाहरणका लागि नागबहाल टोल जडाउ तथा धातुमूर्ति, ओकुबहाल टोल धातुमूर्तिकला र धातु पत्रकला सुन्धारा र भिन्छेवहाल प्रस्तर मूर्तिकला, जोम्बहाल, शिवहाल तथा बुंगमति काष्ठकला, त्यस्तै बुवहाल, नःबहाल तथा गाबहाल टोल चाँदीका गहना बनाउन प्रसिद्ध छन् ।

पुल्चोक गाःवशाल, हःखा टोल सुनको गहना बनाउनमा प्रसिद्ध छन् । त्यस्तै गरी सुनाकोठी, ठैव र लुभु नेपाली गार्मेन्ट तथा टेक्सटाइल, परम्परागत कपडा बुन्नमा प्रसिद्ध छन् । यहाँका मौलिक पहिरनहरू हाकु पोटासी तथा ढाकाका कपडाहरू निकै प्रसिद्ध छन् । यस्ता प्रसिद्ध उत्पादनहरू हरेक टोलटोलमा भिन्नाभिन्नै उत्पादन भएकाले यस नगरलाई ‘एक टोल एक उत्पादन’ का रूपमा समेत चिनिन्छ ।

पौराणिक आधार
परापूर्व कालदेखि नै ललितपुर नगर कला र हस्तकला क्षेत्रमा प्रसिद्धि पाएको कुरा विभिन्न धार्मिक तथा साहित्यिक स्रोतमा उल्लेखित भएको पाइन्छ । स्वयम्भू महापुराणअनुसार सत्य युगमा काठमाडौं उपत्यका विशाल दहको रूपमा रहेको थियो । चीनबाट आएका महामञ्जुश्री गुरुले यहाँको सम्पूर्ण पानीलाई विभिन्न न्छुच्छिकापहरूबाट बाहिर निष्कासन गरी धर्माकर नाम गरेका स्थानीय व्यक्तिलाई राजा बनाई वस्ती बसाएका थिए । साथै उनले यहाँका मानिसलाई कृषि व्यवसाय, विभिन्न कला सिकाउनुका साथै सिंह, गुरुड, शार्दुलका मूर्ति बनाउनका साथै छेपयुक्त तोरण मूर्ति बनाउन सिकाएका थिए । यस सहरलाई मञ्जुपतन नामाकरण समेत गरिएको थियो ।

ऐतिहासिक पृष्ठभूमि
मानव सभ्यताको विकासक्रममा कलाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । पाषाण युगदेखि वर्तमान २१ औँ शताब्दीसम्म आइपुग्दा मानव मष्तिस्कद्वारा थुप्रै विधाको आविष्कार सँगसँगै कला र हस्तकलामा व्यापक विकास भइसकेका तथ्यहरू विभिन्न ऐतिहासिक स्रोतबाट प्राप्त भैसकेका छन् । पाषाण युग तथा नवपाषाण युगमा गुफामा बनाएका चित्र तथा ढुंगाका हातहतियार जुन स्पेनको अल्टामिरा, फ्रान्सको लसकस लगायतका दर्जनौँ गुफाहरूमा पाइएका हातहतियारले प्रमाणित गरेका छन् । नेपालको दाङ, नवलपरासी, पाल्पालगायतका जिल्लामा फेला परेका पाषाण युगिन प्रस्तरका हातहतियारले पनि कलाको इतिहासलाई निकै परसम्म पु¥याउन मद्दत गरेको छ ।

विश्व कलाको इतिहासमा ललितपुर नगर परापूर्व कालदेखि नै कला र हस्तकला क्षेत्रमा धनी सहरको रूपमा चिनिन्छ । यहाँ रहेका मन्दिर, विहार, गुम्बा, देवालय, शिवालय, पाटी पौवा तथा कलात्मक ढुंगेधाराले यसको ऐतिहासिक वैभवतालाई प्रमाणित गरेको छ । विभिन्न वंशावली तथा ऐतिहासिक स्रोतानुसार इ.स २९९ मा किराती राजा विरदेवले नगरको स्थापना गरेको देखिन्छ ।

प्रथम किराती राजा यलम्बरको नामले यस नगरलाई ‘यल’ भनिएको कतिपय विद्वानले उल्लेख गरेको पाइन्छ । इ.पू. दोस्रो शताब्दीमा भारतीय सम्राट अशोकको पालामा बुद्धधर्म प्रचार गर्ने हेतुले ललितपुर नगरको चार दिशामा र मध्य भागमा गरी पाँच स्तुपा निर्माण गरेका थिए जुन आज अद्यापिसम्म हेर्न सकिन्छ ।

यस नगरमा प्राचीनकालदेखि विभिन्न वंश र शासकले शासन गरे । यिनीहरूको पालामा निर्माण गरिएका कलाकृति समेत प्रशस्त मात्रामा भेटिएका छन् । ती कलाकृतिमा तिथि मिति उल्लेख नभएका कारणले शैलीको आधारमा पुरातात्विक र ऐतिहासिक काल खण्डको रूपमा छुट्याउनुपर्ने बाध्य रहेको छ ।

गोपाल राज एवं भाषा वंशावली अनुसार नेपालमा गोपाल तथा महिषपाल वंशीले लामो समय शासन गरेको देखिन्छ । तर विडम्बना यिनीहरूको समयमा बनेका कुनै पनि प्रमाणित कलाकृति भेटाउन सकिएको छैन । किरातकालमा बनेका मूर्तिहरू जस्तै पशुपतिको आर्यघाटस्थित बिरूपाक्ष मूर्ति, किरातेश्वर महादेव, यलम्बर साथै पाटनको च्यासल हिटीमा अवस्थित गजलक्ष्मीको मूर्तिलाई किरातकालीन कलाकृतिको रूपमा लिने गरिन्छ । किरातकालीन समयमा बनेका थुप्रै मूर्तिकलाका साथै हस्तकलाका सामग्रीहरू पनि थिए होलान् तर अध्ययन र अनुसन्धानको अभावका कारण अधिकांश कलाकृति पृथ्वीको गर्भभित्र नै लुप्त रहेका छन् ।

इ.स २५० देखि नेपालको समयलाई लिच्छविकालीन युग मानिन्छ । कलाका साथै हरेक क्षेत्रमा देखिएको विकासले गर्दा यस युगलाई इतिहासकारले ‘स्वर्ण युग’ को संज्ञा दिएका छन् । यस युगमा अन्य क्षेत्रमा जस्तै कला र हस्तकला क्षेत्रले पनि व्यावसायिक मान्यता पाएको देखिन्छ । कलाकृतिमा दाताको नाम तथा साल उल्लेख चलन लिच्छवि युगबाट सुरुवात् भएको पाइन्छ ।

संवत १०५ उल्लेखित राजा जयबर्माको मूर्तिलाई नै हालसम्मकै पहिलो ऐतिहासिक मूर्ति मानिन्छ । चौथो शताब्दीका राजा मानदेवलाई प्रथम ऐतिहासिक राजा मानिन्छ । उनीद्वारा निर्माण गरिएका चाँगुनारायणस्थित गरुडको मूर्ति, पशुपति तिलगंगा र लाजिम्पाटस्थित विष्णुविक्रान्तका मूर्ति तिथिमिति र दाताको नामसहित रहेको पहिलो ऐतिहासिक मूर्तिको रूपमा लिइएको पाइन्छ । लिच्छविकालमा थुप्रै कलाकृति विहार, मन्दिर, चित्रकला, मूर्तिकला र वास्तुकलाको निर्माण गरेको देखिन्छ ।

राजा मानदेवद्वारा बनाइएका मानगृह, मान विहार, राजा अंशुवर्माले कैलाशकुट भवन राजा शिवदेवले रुद्रवर्ण महाविहार, वालाचन देवले जेष्ठवर्ण महाविहार, भाष्कर देवले निर्माण गरेको हिरण्यवर्ण महाविहार आदि लिच्छविकालीन उत्कृष्ट कलाकृतिको रूपमा लिइन्छ । साथै यस समयमा बनेका अन्य मूर्ति, चित्र तथा वास्तुकला पनि निकै आकर्षक र कलात्मक रहेको पाइन्छ । त्यसकारण यी समयका मूर्तिकला, चित्रकला तथा हस्तकलाका नमुनाहरू स्वदेश लगायत विदेशका ख्यातिप्राप्त संग्रहालयमा समेत संग्रहित रहेको पाइन्छ ।

नेपाली कलाको इतिहासमा शाहकाल तथा राणाकालीन समयलाई त्यति उपलब्धिमूलक समयका रूपमा लिएको पाइदैंन । अधिकांश समय लडाई झै–झगडा तथा आन्तरिक कलहका कारण कलाको खासै विकास हुन सकेन् । जंगबहादुर राणाको उदयपश्चात् १०४ वर्षे राणकालीन समयमा अधिकांश दरबारहरु मूर्तिकला, चित्रकलाका साथै हस्तकला बेलायती शैलीमा निर्माण गर्नुका साथै तिनको आयात गर्नाले नेपाली मौलिक शैलीमा ठूलो ह्रास आयो । यसका कारण नेपाली कलाकारहरु अन्य पेसामा पलायन हुन बाध्य भए

नेपालको इतिहासमा मल्लकालीन युगलाई कला विकासको क्षेत्रमा महत्वपूर्ण युगका रूपमा लिइन्छ । यही समयमा काठमाडौं उपत्यका छुट्टाछुट्टै तीन राज्यमा विभाजनसमेत भएको थियो । ललितपुर, भक्तपुर र कान्तिपुरका राज्यबीच उत्कृष्ट कला निर्माण गर्ने प्रतिस्पर्धा नै हुन्थ्यो । यसले एक अर्का राज्यबीच कलाकृति निर्माण गर्ने प्रतिस्पर्धात्मक भावनाले गर्दा यहाँ वास्तुकला, चित्रकला, मूर्तिकलाका साथै हस्तकलाको प्रचुर मात्रामा विकास भएको पाइन्छ ।

उदाहरणको लागि पाटनका राजा सिद्धिनरसिंह मल्लद्वारा निर्मित कृष्ण मन्दिर, श्रीनिवास मल्लद्वारा निर्माण गरिएको भीमसेन मन्दिर, महाबौद्ध मन्दिरका साथै विभिन्न ढुंगेधारा, पाटीपौवा, विहार आदिलाई लिन उदाहरणका रूपमा सकिन्छ । मल्लकालीन समयमा बनेका हस्तकला, प्रस्तरकला, धातुकला, काष्ठकला, पौभा, थाङ्का, ग्रन्थचित्र, भित्तेचित्रका साथै भाँडावर्तन, खुकुरी जडाउका सामान, गरगहनाको साथै विभिन्न आभूषणहरु नेपालका साथै चीन, तिब्बत लगायत भारतका विभिन्न बजारमा समेत बिक्री वितरण भएको देखिन्छ ।

नेपाली कलाको इतिहासमा शाहकाल तथा राणाकालीन समयलाई त्यति उपलब्धिमूलक समयका रूपमा लिएको पाइदैंन । अधिकांश समय लडाई झै–झगडा तथा आन्तरिक कलहका कारण कलाको खासै विकास हुन सकेन् । जंगबहादुर राणाको उदयपश्चात् १०४ वर्षे राणकालीन समयमा अधिकांश दरबारहरु मूर्तिकला, चित्रकलाका साथै हस्तकला बेलायती शैलीमा निर्माण गर्नुका साथै तिनको आयात गर्नाले नेपाली मौलिक शैलीमा ठूलो ह्रास आयो । यसका कारण नेपाली कलाकारहरु अन्य पेसामा पलायन हुन बाध्य भए ।

यस समयमा अपेक्षाकृत कलाको विकास नभए तापनि ललितत्रिपुरा सुन्दरीको मन्दिर त्रिपुरेश्वर जगतनारायण मन्दिर शंखमूल, काठमाडौंस्थित टुँडिखेलका मूर्तिहरुका साथै राणाकालीन दरबारलाई विकासको रूपमा लिन सकिन्छ । २००७ सालको जनआन्दोलनपश्चात् नेपाली हस्तकलाको बजारमा चीन, भारत लगायत विभिन्न मुलुकको कला शैलीको प्रभाव परेको देखिन्छ । त्यस्तै, पर्यटकको आगमनले गर्दा नेपाली हस्तकला भारत र चीनका साथै पश्चिमी मुलुकमा समेत प्रचारप्रसार हुने मौका पाएको देखिन्छ ।

हस्तकलाको बजार
प्राचीनकालदेखि नेपाली हस्तकलाको बजार नेपाल लगायत विभिन्न मुलुकमा समेत निकै नै लोकप्रिय देखिन्छ । भगवान बुद्धको समयकालमा कपिलवस्तु लगायत सोलह महाजनपदहरुमा विभिन्न किसिमका मेला (हाटबजार) लाग्ने र नेपालबाट पनि विभिन्न सामान बिक्री वितरणका लागि लगिने गरिन्थ्यो । जसमा श्रावस्ती, राजग्रह, साकेट, मगध, कौशल, पाटलीपुत्र आदि नगरहरु निकै प्रसिद्ध थिए । जुनकुरा बौद्ध जगत तथा बौद्ध धर्म ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।

इसापूर्वको दोस्रो शताब्दीमा भारतको पाटलीपुत्र हालको पटनाको सहरमा नेपालबाट ‘भृङ्गिसी’ र ‘अपसारीका’ नामक ब्लांकेट निर्यात हुन्थ्यो । जुन अति मिहिन नरम ऊनी कपडा कालो रंगको आठ टुक्राहरु गाँसी बनाइएको वर्षाबाट समेत बचाउने न्यानो खालको थियो । त्यसबेला यसप्रकारको कपडा निकै लोकप्रिय रहेको प्रसंग कौटिल्यको अर्थशास्त्रमा उल्लेख छ । ‘मूल सर्वास्तिवाद’ नामको जैन धर्म ग्रन्थमा उल्लेख भए अनुसार भारतबाट व्यापारीहरु नेपालमा आएर ऊन किन्थे ।

त्यतिबेला नेपाली कस्तुरी चवरले पनि विदेशी बजारमा ख्याति कमाउन सफल भएको थियो । त्यसैगरी नेपालमा प्राप्त हुने फलाम, तामा लगायतका धातुबाट निर्मित खुकुरी, तरबार, मालाजस्ता हातहतियार लगायत विभिन्न औजारले समेत राम्ररी बजार लिएको थियो । ‘युक्ति कल्प’ नामक ग्रन्थमा त्यतिवेला नेपालमा बनेका खुकुरी र तरबारको अत्याधिक भाग रहेको कुरा उल्लेखित छ । त्यस्तै ‘बृहत् कल्प शुत्त भाष्यमा’ त्यतिवेला नेपालमा उलनका ब्लांकेटहरु उत्पादन हुने गरेको उल्लेख छ ।

हस्तकला प्रदर्शनीको आयोजना
प्राचीनकालदेखि नेपाली हस्तकलाको विकास र बजारीकरणको निमित्त विभिन्न समयमा मेला प्रदर्शनी, हाटबजारका साथसाथै प्रतियोगितासमेत भएको पाइन्छ । जुन कुरामाथि नै उल्लेख गरिसकिएको छ । २००७ सालको जनआन्दोलनपछि नेपालमा प्रजातन्त्रको आगमनसँगै नेपाली कला र हस्तकलाको विकासका लागि विभिन्न गतिविधिको थालनी भयो । वि.स. २००८ सालमा ललितपुरको मंगलबजारमा रक्षा मण्डल नामक संस्थाको आयोजनामा हस्तकला प्रदर्शनीको आयोजना भएको थियो ।

यस प्रदर्शनीमा स्व. श्री ५ त्रिभुवन शाह, मित्रराष्ट्र भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र उनकी छोरी इन्दिरा गान्धी लगायत थुप्रै विशिष्ट व्यक्तित्वले अवलोकन गरेका थिए । २०२२ सालमा नेपाली कलाको संस्थागत विकास गर्ने उद्देश्यले तत्कालीन युवराज वीरेन्द्र शाहले काठमाडौंको नक्सालस्थित भीम शम्शेरको दरबारमा नेपाल ललित संस्था (नाफा) नामक संस्था स्थापना गरेका थिए । उक्त संस्थाले प्रत्येक वर्ष राष्ट्रिय कला प्रदर्शनीको आयोजना ग¥यो ।

२०४८ सालमा नेपाल हस्तकला उद्योग संघले सरकारको उद्योग मन्त्रालयअन्तर्गत घरेलु तथा साना उद्योग समितिसँगको सहकार्यमा काठमाडौंको ब्लु स्टार होटेलमा प्रथम पटक हस्तकला व्यापार मेला तथा प्रतियोगिता आयोजना गरेको थियो । उक्त मेलाको अवलोकन तत्कालीन राजा वीरेन्द्र शाह तथा रानी ऐश्वर्याले समेत गरेका थिए । नेपाल हस्तकला महासंघले हालसम्म उक्त मेलालाई निरन्तरता दिइरहेको छ । यसपटक यही २०७६ साल मंसिर १२ गतेदेखि १६ गतेसम्म १७ हौँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता काठमाडौंस्थित भृकुटीमण्डपमा भव्यताका साथ सम्पन्न ग¥यो ।

ललितपुर महानगरलाई किन विश्व कला नगरको घोषणा ?
१. परापूर्वकालदेखि ललितपुर महानगरपालिकाभित्र रहेका विभिन्न सुन्दर कलाकृति मठमन्दिर, गुठी, पर्वजात्रा आदि धरोहर तथा सम्पदाले भरिएका छन् ।

२. प्राचीनकालदेखि निर्मित मूर्त र अमूर्त सांस्कृतिक सम्पदाले सम्पन्न नगर भएकाले

३. यस नगरमा झण्डै २९ वटा वडाहरु छन् । हरेक टोलमा फरक–फरक विधाका हस्तकला सामग्रीको उत्पादन हुँदै आएको छ । अर्थात् ‘एक टोल एक उत्पादन’ को रूपमा प्रसिद्ध छ ।

४. कामको प्रकृति अनुसार जातीय नामाकरण रहेको छ ।

५. निरन्तररूपमा एक पुस्ताबाट अर्को पुस्तामा सीप हस्तान्तरण र पुस्तान्तरण भइरहेको छ ।

६. नवआगन्तुकहरु विभिन्न जिल्ला र जातिका मानिसले समेत हस्तकलाका विभिन्न विधाका सीपहरु सिकी पेसागत रूपमा व्यवसाय गरिरहेको अवस्था छ ।

७. अधिकांश घरमा सम्पूर्ण परिवारका सदस्य मिलेर हस्तकलाका सामग्रीहरु उत्पादन गरिरहेको पाइन्छ ।

८. यस नगरमा रहेका कलात्मक वास्तुकला, मूर्तिकला र चित्रकलालाई ऐतिहासिक एवं पुरातात्विक धरोहरको रूपमा कदर तथा सम्मान गर्दै सने १९७१ मा युनेस्कोले विश्वसम्पदा सुचीमा सुचीकृत गरेको छ ।

९. विभिन्न विधाका कलाकार अधिकांशरूपमा बसोबास गरेकोे थलोका रूपमा विकास भएको

१०. ललितपुर नामले नै ललितकलाको सहर भनी चिनिएको छ ।

प्रतिक्रिया