वर्षाले आलु खेतीमा फाइदा

रामपुर । यहाँ पानी परेपछि भर्खर खेतमा लगाइएको तरकारी बालीलाई फाइदा हुने देखिएको छ । यस वर्ष नहर मर्मतका कारण सिंचाइ गर्न नमिल्ने भएकोले चिन्तित किसान केही ठूलो पानी परे हुन्थ्यो भन्ने आशामा थिए । विजयपुर कृषि सहकारी संस्था लिमिटेड रामपुरका अध्यक्ष तथा अगुवा कृषक सूर्यप्रसाद रेग्मीले पानी परेर घाम लागेमा आलु खेतीलाई निकै फाइदा हुने बताए ।

‘आलु उम्रिने बित्तिकै औषधि छर्दा माटोलाई समेत असर गर्छ, तर आलु लगाएपछि पानी परेर उम्रिएपछि घाम लागेमा आलुमा रोग समेत लाग्दैन’, उनले भने । लसुन प्याज, काउली, बन्दालगायत तरकारी खेतीलाई निकै राम्रो हुने भएपछि यहाँ किसान खुशी भएका छन् ।

प्रतिक्रिया