केकीको ‘चालबाज’

काठमाडौं । कैलाश राईले निर्देशन गर्न लागेको चलचित्र ‘चालबाज’ को छायांकन दार्जिलिङबाट सुरु भएको छ । सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको सो चलचित्र शनिबारदेखि छायांकनमा गएको निर्माता अरुण तामाङले जानकारी दिए ।

चलचित्रमा अभिनेत्री केकी अधिकारी, बुद्धि तामाङका साथमा नव–कलाकार अविनाश प्रधान, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङ लगायतका कलाकारको को मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ ।

सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत, विपिन किरणको शब्द रहने उक्त चलचित्रमा प्रोडक्सन म्यानेजर सुदीप ढकाल रहेका छन् । चलचित्र सस्पेन्स लभस्टोरीमा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया