कार्ल मार्क्स र उनकी श्रीमती जेनी

विश्व कम्युनिस्ट आन्दोलनका महान गुरू तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल मार्क्सको जन्म ५ मे १८१८ को दिन ट्रिर सहरको एक वकिल परिवारमा भएको थियो । कार्ल मार्क्सका पिता हेनरिख मार्क्स फ्रान्सिली विचारकद्वारा प्रभावित व्यक्तित्व हुनुहुन्थ्यो । कार्ल मार्क्सको आमाको नाम हेनरि येट्रर हो भने माक्र्सको जन्म हल्यान्डमा भएको हो ।

सन् १८३० देखि १८३५ सम्म मार्क्सले ट्रिर जिम्नेसियम (स्कुल) मा आफ्नो प्रारम्भिक अध्ययन पुरा गर्नु भयो । किशोर मार्क्सको बौद्धिक प्रतिभाको प्रष्फुटन त्यसवेला भयो जुन वेलामा उहाँले ‘पैसा छनौटबारे एक किशोरको विचार’ भन्ने निबन्ध लेख्नु भयो । उक्त निबन्ध प्रबोधन कालको प्रगतिशिल विचारधाराद्वारा ओतप्रोत छ ।

अक्टोबर १८३५ मा माक्र्स बोन विश्वविद्यालयमा भर्ना हुनुभयो । उहाँले आफूले अध्ययन गर्ने विषय कानुन विभाग रोज्नुभयो । विश्वविद्यालयमा मार्क्स कानुनशास्त्रको साथै साहित्य, नविनतम कला इतिहासु, सौन्दर्यशास्त्रको पनि अध्ययन गर्न पछि पर्नु भएन । बर्लिन विश्वविद्यालयमा बैज्ञानिक अध्ययन र बौद्धिक विकासको लागि बढी सुविधा भएको हुनाले माक्र्स बोनमा एक वर्ष अध्ययन गर्नु भएपछि बर्लिन विश्वविद्यालयमा आफूलाई भर्ना गर्नुभयो ।

बर्लिनमा माक्र्स निकै परिश्रम गर्न पछि पर्नु भएन, जसको फलस्वरूप उहाँको बौद्धिक विकास पनि तीव्र गतिले हुन थाल्यो । बर्लिनमा माक्र्स कलेजको अध्ययनको अलावा स्वतन्त्र अध्ययनमा पनि व्यस्त हुनुहुन्थ्यो जसअन्तर्गत उहाँले मुख्यतता दर्शनशास्त्र र इतिहासको अध्ययन गर्नुभयो । माक्र्सले साहित्य र कलाको पनि गहन अध्ययन गर्न थाल्नु भयो, अंग्रेजी र इटालीयन भाषा पनि सिक्न थाल्नुभयो । छोटै समयमा माक्र्स महान् बौद्धिक व्यक्तिगत बन्न सफल हुनुभयो ।

कार्ल मार्क्सले डाक्टरी थेसिस ‘डेमोक्रिटको प्रकृति दर्शन र एपिकुरको प्रकृति दर्शनबीचको भेद’ विषयमा तयार पार्नुभएको थियो । यो नै माक्र्सको पहिलो वैज्ञानिक कृति थियो । जुन आध्यात्मवादी चिन्तनले प्रभावित थियो । प्रोइसेन राजधानीमा रहेको विश्व विद्यालयमा आफ्नो थेसिसको वास्तविक मूल्यांकन हुन सक्दैन भन्ने कुरा माक्र्सले देखिसक्नु भएको थियो

बर्लिन जानुपूर्व माक्र्सले सन् १८३६ को गृष्मकालमा जेनी फोन बेस्टफालेनसँग विवाह बन्धनमा जोडिनुभयो । जेनी अभिजात वर्गकै युवति हुनुहुन्थ्यो तसर्थ पनि जेनीका बुबा आमाले यस विवाहलाई अस्विकार गर्न सक्ने सम्भावना देखिन्थ्यो । जेनी असाध्यै राम्री युवती हुनुहुन्थ्यो । भने माक्र्स बौद्धिक प्रतिभा हुनुहुन्थ्यो । त्यसो त माक्र्स नत अभिजात वर्गमा नै पर्नुहुन्थ्यो, नत एउटा विद्यार्थी व्यक्ति माक्र्स त्यति धनी नै हुनुहुन्थ्यो । तथापि, जेनीले माक्र्सलाई पूर्णरूपमा साथ दिनुभयो । जेनी वेस्टफालेन अत्यन्तै गुणी नारी हुनुहुन्थ्यो ।

जेनीको तीक्ष्ण बुद्धि सुशीलता र उत्कृष्ट आचरणले माक्र्सलाई खुसी तुल्याउनु भएको थियो । त्यहि गुणले उहाँले पनि माक्र्सजस्तो महान् व्यक्तित्वलाई जीवन साथीको रूपमा पाउनुभयो । कार्ल माक्र्स र जेनीको लामो वैवाहिक जीवन सफल हुनुमा जति माक्र्सको भूमिका छ त्यनि नै कर्म जेनीको पनि छ । माक्र्स र जेनी सफल विवाहित जोडी भनेर कहलिनु भएको थियो ।

कार्ल माक्र्सले डाक्टरी थेसिस ‘डेमोक्रिटको प्रकृति दर्शन र एपिकुरको प्रकृति दर्शनबीचको भेद’ विषयमा तयार पार्नुभएको थियो । यो नै माक्र्सको पहिलो वैज्ञानिक कृति थियो । जुन आध्यात्मवादी चिन्तनले प्रभावित थियो । प्रोइसेन राजधानीमा रहेको विश्व विद्यालयमा आफ्नो थेसिसको वास्तविक मूल्यांकन हुन सक्दैन भन्ने कुरा माक्र्सले देखिसक्नु भएको थियो । तसर्थ, उहाँले इयेना विश्व विद्यालयमा आफ्नो थेसिस पठाउनुभयो र अप्रिल १८४१ मा दर्शन शास्त्रको डाक्टरको उपाधि प्राप्त गर्नुभयो । त्यसपछि उहाँ अत्यन्तै प्रतिष्ठित दार्शनिक बन्न पुग्नुभयो ।

सबभन्दा प्रगतिशील र सबभन्दा शोषित वर्गको हितार्थ आफ्नो जीवन अर्पण गर्ने अठोट गर्नुभएको माक्र्सले फेडस्खि एङगेल्सको रूपमा आफ्नै जस्तो विचारधारा भएको एक अति भरपर्दो सहयोगी र साथी भेट्टाउनुभयो । माक्र्सभन्दा दुई वर्ष कान्छा एगेल्सको जन्म राइन प्रान्तको बार्मेन सहरमा भएको थियो ।

‘राजनितिक अर्थशास्त्रको आलोचनाबारे केही खेस्राहरू’ शीर्षक एगेल्सको कृतिसँग माक्र्सको परिचयपछि उहाँहरूबीच पत्रव्यवहार सुरु भयो । अगस्ट १८४४ मा वेलायतबाट जमर्नी फर्कदा एगेल्सले पेरिसमा माक्र्ससँग भेट गर्नुभयो । दश दिनको उहाँहरूको यस संसर्गमा पछि गएर एगेल्सले सम्झना गर्नुभएको थियो, “सबै सैद्धान्तिक क्षेत्रमा हाम्रो पूर्णरूपमा देखा प¥यो र त्यसै वेला देखि हाम्रो संयुक्त कार्य पनि सुरु भयो ।”

माक्र्स र एगेल्सको यस ऐतिहासिक भेटले एक असाधारण मित्रता र दुई महान् दिग्गजहरूको सहयोगको थालनी ग¥यो । यस सहयोगले मजदुर वर्गलाई वैज्ञानिक क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित पारेको थियो, सर्वहारा पार्टीको रणनितितिर कार्य नीतिको जग बसालेको थियो । माक्र्स र एगेल्स विश्व कम्युनिस्ट आन्दोलनका मार्ग दर्शक हुनुहुन्छ । उहाँहरूले देखाएको मार्गमा विश्वभरका कम्युनिस्टहरू हिँडिरहेका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा कार्ल माक्र्सको सर्वाधिक योगदान रहेको छ ।

उहाँले आफ्नो सहकर्मी एगेल्ससँग मिलेर विश्व कम्युनिस्ट आन्दोलनको घोषणा पत्र, पुँजीलगायत दजनौँ ऐतिहासिक कृतिहरू तयार पार्नुभयो । जसले साम्यवादी आन्दोलनमा लागेका लागि सदासर्बदा मार्ग सर्दन गरिरहने छ । हाल माक्र्स हाम्रो सामु हुनुहुन्न तथापि उहाँको मार्गदर्शक सिद्धान्तले उहाँ विश्वभरिका कम्युनिस्टहरूको मुटुको धड्कन हुनुहुन्छ अमर महान् व्यक्तित्व हुनुहुन्छ ।

प्रतिक्रिया