नगरसभाको निर्णय बिरुद्ध आन्दोलन

स्थाई केन्द्र अन्त सारिएको बिरोधमा आन्दोलनमा उत्रिएका जुबिथाका नागरिक र सुरक्षाक्रर्मि धकेलाधकेल गदैँ तिलागुफा नगर परिसरमा तस्विरः हस्त चौलागाई

कालिकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाले ३१ महिना पछि नगरपालिकाको स्थाई केन्द्रको टुँगो लगाएपनि कार्यान्वयन हुन नपाउदै आन्दोलन सुरु भएको छ । सातौं नगरसभाले ३ वटा सर्तका साथ दुई तिहाई वहुमतको लिखित मत जाहेरका साथ नगरपालिकाको स्थाई केन्द्रको टुँगो लागेको निर्णय सार्वजनिक भएलगतै आन्दोलन सुरु भएको हो । आन्दोलनका क्रममा प्रतिनिधि सभा सदस्य माननिय दुर्गवहादुर रावत र संबिधान सभा सदस्य नवराज कोइरालाको पुत्लासमेत दहन गरेका छन् ।

उनिहरुकै कारण हाल नगरको कार्यालय रहेको जुविथाको गाल्जेवजारवाट स्थाई केन्द्र अन्त सारिएको जुबिथाका नागरिकहरुको आरोप छ । उनिहरुले दुई तिहाईको हवला दिएपनि दुई तिहाई नपुगेको जिकिर गरेका छन् । दुई तिहाईका लागि ५७ सदस्य रहेको नगरसभामा ४३ जना पुग्नु पर्ने भएपनि ३८ जनालाई दुई तिहाई मानेर आफुलाई अन्याय गरेको भन्दै जुविथाका नागरिकहरुले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा प्रहरी निरिक्षक सहित केही आन्दोलनकारी पनि घाइते भएका छन् । १६ गते सम्पन्न भएको नगरसभाले वडा ९ अर्थात साविकको चिल्खाया गाबिसको हुस्के भन्ने ठाउँमा स्थाई केन्द्र वनाउने निर्णय गरेको थियो् ।

नगरपालिकाले ३१ महिना पछि वल्ल केन्द्रको टुङगो लगाएपनि पुर्णता पाउन नपाउदै वडा नं ६ का अर्थात हाल केन्द्र रहेको जुबिथाका नागरिकहरुले आन्दोलन गरेपछि तिलागुफा नगरपालिका तनावगंस्त बनीरहेको छ । आन्दोलनले उग्ररुप लिन थाले पछि प्रहरीका साथै शसस्त्र प्रहरी समेत आन्दोलनवाट अप्रिय घटना नहोस भनेर परिचान गरिएको छ । तर पनि आन्दोलन रोकिएको छैन ।

स्थानीयका अनुसार आन्दोलनका क्रममा एक जना प्रकाशवहादुर शाहीको हात नै भाँचिएको वताईएको छ । नगरसभाको दुई तिहाई लिखित वहुमतका आधारमा नगरको केन्द्र तोकेको बिषयमा जुविथाका नागरिकहरुले बिरोध जारी राख्दा जिल्ला राजनितिक दलले पनि चासो दिएका छन् ।
नेपाल कम्युष्टि पार्टी कालीकोटका सचिव नगेन्द्र शाही नेश्नलले पार्टीको नगर कमिटिको वैठक वसेर सत्यतथ्य के हो नगरकमिटीको धारणा सहितको प्रतिवेदन जिल्ला पार्टीमा पेश गर्न निर्देशन गरेको वताए ।

नगरकमिटिको प्रतिवेदन आएपछि त्यसपछि के कसरी हुन्छ समस्याको समाधान खोजिने सचिव शाहीले वताउनुभयो् । नेकपाको वहुमत भएपनि नेकपाकै नेता तथा कार्यकर्ताले नगरसभाको निर्णयको बिरोध गरिरहेका छन् । बिरोधका कारण नगरका दै्रनिक कामकार्वाही समेत प्रभावित भएका छन । नगरका प्रमुख प्रशासकिय अधिकृत उद्धवप्रसाद रिजाल सुरक्षाका साथ मान्म सदरमुकाममा वसिरहेका छन ।

प्रतिक्रिया