उपनिर्वाचन परिणामः कास्कीमा नेकपा अगाडी

काठमाडौं । मंसिर १४ गते भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ । आइतबार बिहान ५ बजेसम्मको नतिजा अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १८ स्थानीय तहमा जित हासिल गरेको छ भने, नेपाली कांग्रेसले ७ स्थानमा विजय हासिल गरेको आधिकारीक घोषणा भएको छ । यस्तै, समाजवादी पार्टी १ ठाउँ र राजपाले १ ठाउँमा विजय प्राप्त गरेको छ ।

प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नम्बर २ मा भएको निर्वाचनमा नेकपाका उम्मेदवारले अग्रता मिलेको छ । निर्वाचन आयोगले बिहान ६ बजे दिएको जानकारी अनुसार ६ हजार मत गणना गर्दा नेकपाले ३२७६ प्राप्त गरेको छ । यसैगरी कांग्रेसले २११५ पाएको छ । उक्त निर्वाचन क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको थियो ।

यस्तै धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणना पनि जारी छ । प्रारम्भिक मतगणनामा नेकपाका उम्मेदवार केही मतले अगाडी छन् । अहिलेसम्म वडा नम्बर २०, १९ र १८ को मतगणना सकिएको छ । १७ मतले नेकपाका उम्मेदवार अगाडी छन् ।

यस्तो छ परिणाम
नेकपा
१ थवाङ–१ रोल्पा, नेकपा विजयी
२. कुमाख–५ सल्यान, नेकपा विजयी
३. पुनर्वास–३ कंचनपुर नेकपा विजयी
४ सुन्दरबजार–२ लम्जुङ नेकपा विजयी
५ बागलुङ बडिगाड,–२ नेकपा विजयी
६. सिन्धुपाल्चोक, इन्द्रावती–८ नेकपा विजय
७. काठमाडौ,दक्षिणकाली –३ नेकपा विजयी
८. काभ्रे धुलिखेल–२ नेकपा विजयी
९. साकुला–३, खोटाङ नेकपा विजयी
१०.डोटी,आर्दश–२ नेकपा विजयी
११. नवलपरासीको बौदीकाली–५ नेकपा विजयी
१२. भोजपुरको पौवादुङ्मा १ मा नेकपा विजयी
१३. खादबारी न.पा. नेकपा विजयी
१४. त्रिवेणी–१ बाजुरा नेकपा विजयी
१५.रूरू–६, गुल्मी नेकपा विजयी
१६.बाँके,कोहलपुर–६ मा नेकपा विजयी
१७.प्यूठान नगरपालिका – २ नेपाल कम्युनिष्ट पार्टी विजयी
१८.सिरहाको कल्याणपुर न.पा.१२ नेकपा विजयी

नेपाली कांग्रेस
१. अर्घाखाँचीको मालारानी गाँउपालिका –३
२. चितवनको खैरहनी – ४
३. खैरहनी–५ ,
४.बैतडीको सर्नया गाउँपालिका – १
५.बाजुराको त्रिवेणी गाउँपालिका –१
६.घोराही उपमहानगरपालिका–१६
७.महोत्तरीको बलवा नगरपालिका–२

समाजवादी पार्टी
१. सर्लाहीको हरिपूर्वा नगरपालिका –१ समाजवादी विजयी

राजपा
१.शिवराज नगरपालिका १० लालपुरमा राजपा

प्रतिक्रिया