दर्शक स्रोताको रोजाइमा रामजीकाे ‘पानको पत्ता’

काठमाडौँ । गायक एवं मोडल रामजी खाँण र गायिका बिष्णु माझीको आवाजमा रहेको गीत ‘पानको पत्ता’ युट्युबमा सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताको रोजाइमा परेको छ । उक्त गीतमा बाबुकृष्ण परियार, सुदिप सागर, अर्जुन अविरल तथा महिलामा स्मृति शाही र पुश्पा बाेहराले पनि ग्रुप आवाजमा साथ दिएका छन् ।

तेजश रेग्मीको शब्द सिर्जना रहेको गीतमा गायक खाँण कै संगीत रहेको छ भने सुदिप सागरले संगीत संयोजन गरेका हुन् । त्यस्तै गीतको भिडियोतर्फ मौसम हिमालीको निर्देशन रहेको छ भने नवराज उप्रेतीले छायांकन गरेका छन् । सोही भिडियोमा गायक रामजी खाँण र कविता नेपालीले अभिनय गरेका छन् ।

प्रविण भट्टले सम्पादन गरेको भिडियोलाई गायक खाँण कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । भर्खरै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सातौँ महाधिवेशन सकिए पछि मौलिक परिवेशलाई मध्यनजर गरेर गीत बजारमा ल्याएकाे गायक खाँणले जानकारी दिए । उनि प्रतिष्ठानको द्धितीय उपाध्यक्ष पदमा उमेदवारी दिएर निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया