भरतपुर विमानस्थल दश दिनसम्म बन्द हुने

काठमाडौँ । भरतपुर विमानस्थलको रनवे मर्मत गर्न लागिएको ले१० दिनसम्म बन्द हुने भएको छ । यही मंसिर १५ गते देखि २४ गतेसम्म विमानस्थल बन्द हुने जनाइएको छ । दश दिनसम्म सम्पूर्ण उडान बन्द गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण भरतपुरले जनाएको छ ।

भरतपुर विमानस्थल बन्द रहने समयमा बुद्ध एयरले भने काठमाडौँ सिमरा उडान थप्ने छ । बुद्ध एयरले यात्रुहरु मर्कामा नपरुन भनेर भरतपुरबाट सिमरामा आफ्नो उडान थप्ने बताएको छ ।

प्रतिक्रिया