खोजखबर

जुम्लामा हराएका बालक मृत फेला

सौर्य अनलाइन २०७६ मंसिर १२ गते १६:२७ मा प्रकाशित

जुम्ला । पातारासी गाउँपालिका–५ लासीका ९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् । हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए । उनले भने, ‘उक्त बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय