प्रभु डिबेन्चरको बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । प्रभु बैंक लिमिटेड, बबरमहल, काठमाडौंको “प्रभु बैंक डिबेन्चर २०८४” २ अर्ब बराबरको डिबेन्चर १० प्रतिशत ब्याजसहित आठ वर्षको लागि निष्कासन गर्न नबिल इन्भेस्टमेन्ट बैंकिंङ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । कुल २० लाख कित्ता डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्कासन गरिनेछ ।

उक्त कार्यको लागि ०७६ साल मंसिर ११ गते प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेस्टमेन्ट बैंकिंङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत समिर बादे श्रेष्ठका बीच प्रभु बैंक डिबेन्चर सेयर निष्कासन गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया