अर्गानिक कृषि टोल बन्दै सुन्दरटोल

कालिकोट । शुभकालिका–४ सुन्दरटोललाई एकीकृत प्रांगारिक अर्गानिक कृषि नमुना टोलको हिसाबमा विकास गरिने भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी माननीय प्रदेशसभा सदस्य कुर्मराज शाहीले यस्तो बताएका हुन् । आय आर्जनमा वृद्धि ल्याउने, जीवनस्तर सुधार गर्ने उद्देश्यले सुन्दरटोललाई नमुना टोलको रूपमा वृदि गर्ने प्रदेशसभा सदस्य कुर्मराज शाहीले बताए ।

कर्णाली प्रदेश सरकारको सहयोग र जिल्ला कृषि विकास कार्यालयको कालिकोटको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागार्इंले पालिका स्तरका टोलहरूलाई नै कुनै न कुनै क्षेत्रमा नमुना बनाउने र पालिकालाई आर्थिक तथा सामाजिक रूपमा सभ्य र सफल बनाउने अध्यक्ष चौलागार्इंले बताए ।

कृषि, वनका क्षेत्रमा शुभकालिका गाउँपालिकालाई नै अग्रसर बनाउन सरोकारवाला, नागरिक समाज, स्थानीयवासी एकजुट हुन महत्वपूर्ण पक्ष रहेको नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले बताए । सुन्दर टोल नै नमुना क्षेत्र घोषणा हुने हुँदा टोलका सबै हर्षित देखिएका छन् ।

प्रतिक्रिया