न्यूरोडमा सिद्धार्थ इन्स्योरेन्सको शाखा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले काठमाडौ स्थित खिचापोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शखा कार्यालयको उद्घाटन बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडिया द्वारा संयुक्त रुपमा गरे ।

सो समारोहमा कार्यकारी निर्देशक पौडेलले कम्पनीको संस्थागत सुशासन अब्बल र अन्य सुचकाङ्कहरू समेत राम्रो रहेको बताउँदै, विस्तारित शाखाबाट बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस भनि शुभकामना व्यक्त गरे । कम्पनीका अध्यक्ष केडियाले अहिले सम्म काठमाडौ उपत्यकामा ११ वटा शाखा सञ्जाल मार्फत स्तरिय बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया