भायनेटले ल्याये ‘क्या लभ्ली अफर’

काठमाडौं । नेपालकोपहिलो र बिशाल एफटिटिएच इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले संचालनको २०औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि ‘क्या लभ्ली अफर’ नामक आकर्षक योजना बजारमा ल्याएको छ । सो योजना अन्तर्गत ग्राहकहरुले ३४ हजारमा एक वर्षका लागि इन्टरनेट, नेट टिभी र ६४ मेगा पिक्सल क्यामरा भएको साओमी रेडमी नोट एट प्रो प्राप्त गर्नेछन । त्यसैगरी २७ हजार ७ सयमा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टिभी र साओमी रेडमी नोट एट प्राप्त गर्नेछन् ।

यसका साथै भायनेट इन्टरनेट प्याकेज सँग ग्राहकले मात्र १८ हजार ७ सय ९० देखि सामसङ र स्काईवर्थ को ३२ ईन्च देखि ४३ ईन्चसम्मका एईडि टिभि हरुका साथै इन्टरनेट र फ्रि नेट टिभी प्राप्त गर्न सकिनेछ । यस योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ । सन् १९९९ मा स्थापितभायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमाब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदानगर्नमा सधैं अगाडी रहिआएको छ ।

प्रतिक्रिया