प्रधानमन्त्री निवास बालुवाटारमा निर्माण व्यवसायीको धर्ना

काठमाडौँ । आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले ‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनको बुँदामा विरोध जनाउँदै सोमबारप्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ ।

हातमा कालोपट्टि बाँधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नको लागि सरकारलाई दवाव दिन धर्नामा समेत बस्नु परेको जनाएका छन् ।

नियमावली संशोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको प्रतिवद्धता ४ महिना पूरा हुँदा पनि कार्यान्वयनमा नआएकाले आन्दोलन गरेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

प्रतिक्रिया