‘मखमली मखमली’ १३ मंसिरमा

काठमाडौं । नारीप्रधान चलचित्र ‘मखमली मखमली’ १३ मंसिरबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । अभिनेता जयकिशन बस्नेत र मखमलीको भूमिकामा अभिनेत्री शुभेच्छा थापाको चलचित्रमा मुख्य अभिनय छ । निर्मात्री, गीतकार तथा चलचित्र स्क्रिप्ट राइटर सावित्रा चिलुवालले नारीले भोग्नुपरेको यथार्थपरक कथालाई चलचित्रमा समेटिएको जनाइन् ।

राजु गिरीले निर्देशन गरेको यो चलचित्रमा कलाकार सविन बाँस्तोला, शारदा गिरी ‘कालीबुढी’, सुदर्शन आचार्य, बालकलाकार सम्राट पोखरेल, परि तामाङ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा वसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, विनोद बमको सम्पादन तथा रामेश्वर हुमागार्इंको छायांकन रहेको छ ।

प्रतिक्रिया