अस्ट्रेलियाको पाकिस्तानविरुद्ध फराकिलो जित

एजेन्सी, ब्रिसबेन । पाकिस्तानविरुद्धको पहिलो टेस्टमा आइतबार सहज जित निकालेपछि अस्ट्रेलियाका कप्तान टिम पाइनेले घरेलु मैदानमा हुने सबै टेस्ट शृंखला गाबा मैदानबाट सुरु गर्नुपर्ने बताएका छन् । दुई खेलको टेस्ट शृंखलामा पाकिस्तानमाथि पहिलो टेस्टमा एक इनिङ र पाँच रनले जित निकालेपछि कप्तान पाइनेले सो भनाइ राखेको हुन् । ओलुनगाबास्थित ब्रिसबेन क्रिकेट मैदानमा सम्पन्न पहिलो टेस्ट अस्ट्रेलियाले चौथो दिनमै आफ्नो बनाउँदै उक्त मैदानमा २९औँ पटक टेस्टमा सफलता निकालेको छ । यद्यपि, उक्त मैदानमा अस्ट्रेलियाले सन् १९८८ पछि टेस्ट खेलेको थियो ।

‘यो मैदानमा खेल्न मनपर्छ । आज हामीले यस मैदानमा लामो समयपछि सफलता पनि हात पारेका छौं । त्यसैले हामी दिनमा पनि यहीँ मैदानबाट शृंखला सुरुआत होस् भन्ने चाहना छ,’ अस्ट्रेलियाका कप्तान पाइनेले भने,‘ आगामी वर्ष भारतले ब्रिसबेनबाट टेस्ट शृंखला सुरुआत गर्दै छ । हाम्रो चाहना पनि यहीबाट सुरुआत होस् भन्ने छ ।’ टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तान पहिलो इनिङमा २ सय ४० रनमै अलआउट भएको थियो ।

जबाफमा अस्ट्रेलियाले ५ सय ८० रन बनाउँदा मार्नस लाबुसेन र ओपनर डेविड वार्नरले शतक बनाएका थिए । लाबुसेन म्पायन अफ दी म्याचसमेत घोषित भएका थिए । अस्ट्रेलियाका शीर्ष तीन ब्याट्सम्यान जोय बन्र्सले ९७ रन, वार्नरले १ सय ५४ रन र लाबुसेनले १ सय ८५ रन बनाएका थिए । पाइनले यस किसिमको प्रदर्शनपछि शीर्ष क्रममा स्थिरता देखिएको बताएका छन् ।

‘हामीसँग उत्कृष्ट ओपनिङ ब्याट्सम्यान लामो समयपछि फर्किएका छन्,’वार्नरलाई इंकित गर्दै पाइनेले भने,‘उनी ओपनिङ उत्कृष्ट छन् । उनको आगमनपछि अन्य खेलाडीलाई पनि हौसला मिलेको छ । साथै ओपनिङ राम्रो बनिरहेको छ ।’

प्रतिक्रिया