व्यावसायिक अग्निपरीक्षामा रेलवे ।

प्रदीप उप्रेती

मुलुकको आर्थिक विकास र समृद्धिको लागि यातायात क्षेत्रको भूमिका महत्वपूर्ण रहँदै आएको छ । जसको अभावमा समृद्धि र विकासले आफ्नो मार्ग प्रशस्त गर्न सक्दैनन् । जुन निश्चित रूपमा भौगोलिक विपन्नता वा सुगमतामा भन्ने कुरामा निर्भर रहन्छ । यही भौगोलिक विपन्नता नै नेपालजस्तो भू–परिवेष्ठित राष्ट्रको आर्थिक दूरावस्था—गरिबी अभिवृद्धिको प्रमुख कारकतत्वको रूपमा लिन सकिन्छ । मुलुकको अधिकतम भू–भागका जिल्ला सदरमुकामहरू राष्ट्रिय सडक सञ्जालमा आबद्ध भई सकेता पनि विकटभन्दा विकट वस्तिहरूमा अझै पनि मोटरबाटोको पहुच पुग्न नसकेको वर्तमान अवस्थामा रेलमार्ग कुरा सतही रूपमा बाहिर आएको छ ।

जसअनुसार केरुङ–काठमाडांै रेलमार्ग होस् अथवा रक्सौल काठमाडांै रेलमार्ग नै किन नहोस् निमार्ण कार्य आरम्भदेखि सम्पन्न गर्न पक्कै पनि नेपाल, भारत र चीन त्रिदेशीय सहयोगको अपरिहार्यतालाई सहजै नकार्न मिल्दैन । यसका अतिरिक्त सम्भावित रेलवे परियोजना सम्पन्न भएपश्चात यिनै त्रिदेशीय समुदायको आर्थिक, सामाजिक, व्यावसायिक एवं अन्य प्रयोजनको लागि कति लाभदायी सिद्ध हुन्छ भन्ने तथ्यले यस क्षेत्रमा निर्णायक भूमिका निर्वाह गर्नेछ । प्रस्तुत अवस्थापश्चात् सम्बद्ध रेलवेको निमार्ण कार्य प्राथमिकताका साथ अगाडि बढ्छ वा बढ्दैन भन्ने कुरा निक्र्योल गर्न सकिने अवस्था प्रारम्भ हुनेछ ।

निश्चितरूपमा एक्काइसाँै शताब्दिको व्यापारिक प्रतिस्पर्धात्मक युगमा चीन र भारतले उक्त रेलवेसम्बन्धी परियोजनाको निमार्णकार्य सम्पन्न भएपश्चात् सम्बद्ध दुई राष्ट्रका अतिरिक्त नेपालको लागि लागत खर्चको अनुपातमा प्राप्त हुन आउने मुनाफालाई मनन गर्दै अवश्य पनि मूल्याकंन गर्ने नै छन् । यी दुई मुलुकका अतिरिक्त अन्य कुनै तेश्रो पक्ष रहन्छ भने पनि, यस गहन तथ्यलाई अवश्य पनि महत्वका साथ हेरिने गरिन्छ । तसर्थ नेपालमा रेल सेवाको विकास त्यो वेला पूर्णरूपले सम्भव रहन्छ, जती वेला नेपालले आफ्नो अर्थव्यवस्थामा हाल कायम रहँदै आएको आयातमुखी अर्थव्यवस्थालाई क्रमश विस्तापित गर्दै निर्यातमुखी अर्थव्यवस्थालाई प्रोत्साहित गर्ने रणनीति अबलम्बन गर्नेछ । अन्यथा सहज रूपमा रेलवेको विकास—विस्तारको सम्भावना न्यून रहन्छ । द्विपक्षीय अथवा त्रिपक्षीय सहयोग निश्चित रूपमा व्यापारिक उद्देश्यबाट अभिप्रेरित भएकै हुन्छभन्दा त्यति फरक नपर्ला ।

लगभग १,४७,१८१ वर्ग क्षेत्रफलमा फैलिएको हिमाली गणराज्य नेपालको अधिकाशं भू—भागमा सहज रूपमा रेलवे सेवाको विस्तार गर्न कठिनाई भएकै कारण आजसम्म यस्को न्यूनतम खाकासहितको पृष्ठभूमि तयार हुन नसकेको मात्र हो । तसर्थ, प्रस्तुत सेवा मुलकको लागि उत्पादनमूलक यातायातको साधन हो वा होइन भन्ने तथ्यलाई गहिरिएर अध्ययन गरेपश्चात् मात्रै यस सम्बन्धमा निर्णय लिनु हितकर मान्न सकिन्छ । किनकि, सामान्यतया रेलसेवालाई लामो दरिको यात्रातय गर्ने क्रममा आरामदायी सेवाको रूपमा विश्वभरि नै लिइँदै आएको पाइन्छ ।

प्राविधिक एवं आर्थिक पक्षलाई मनन गर्दै के कति आधारमा रेलसेवा मुलुकको लागि उत्पादन मुलक खर्चको रूपमा रहन्छ वा अनुत्पादक खर्चको रूपमा रहने भन्ने आर्थिक प्रश्नको सेरोफेरोमा रही महत्वका साथ हेरिनुपर्ने हुन्छ । तत्पश्चात प्राप्त हुन आएको सम्बद्ध क्षेत्रको जानकार तथा विशेषज्ञहरूको राय प्रतिवेदनलाई मुख्य आधार मानि यस परियोजना निमार्ण सम्बन्धमा मित्रराष्ट्रलाई सहकार्यको लागिको हात बढाउनु न्यायोचीत कदम मान्न सकिन्छ । त्यसो भएको हुदा† व्यावसायिक अग्नी परीक्षाको कसीमा रेलसेवा मुलुकको लागि सही ठहरिएमा उत्पादक मुलक खर्चको रूपमा परिचित भई यसको सुन्दर भविष्यको परिकल्पना गर्न सकिने छ । विपरीत अवस्था पैदा भई अनुत्पादक लागत देखिन आएमा असफल परियोजना बन्न सक्ने आधार तयार हुने हुदा यातायात क्षेत्रको विकासमा वैकल्पिक व्यवस्थापनसहितको सोचलाई प्राथमिकताका साथ अगाडी बढाउनु युक्तिसंगत कार्य मान्न सकिन्छ । तथापि यस सेवाको महत्व विश्वका अन्य मुलुकमा जस्तै नेपालको आर्थिक विकास एवं समृद्धिको लागि आवश्यक छैन भन्न सकिने अवस्था भने प्रारम्भ भएको मानिँदैन ।

जुन पक्षले प्रस्तुत सेवाको विकास, विस्तार, सम्बद्र्धन एवं प्रबद्र्धन गर्न चाहन्छ सम्बद्ध पक्षको नितान्त व्यावसायिक हितमा उक्त परियोजनाले कति लाभ दिलाउन समक्ष रहन्छ भन्ने तथ्यले यसको भविष्य निर्भर गर्नेछ । व्यापारको सामान्य सैद्धान्तिक पृष्ठभूमिलाई नियालेर अध्ययन गर्ने हो भने पनि, व्यापारिक स्वार्थ सबैभन्दा बढी हावी हुने गरेको हुँदा परियोजना सञ्चालनमा विशेष सर्तकता अपनाउनु बुद्धिमानी ठहरिनेछ । यद्यपि, एक्काइसौँ शताब्दीको पहिचान भन्नु नै आर्थिक विकासको प्रतिफल मुलुकभित्र मात्रै सीमित नराखी वैदेशिक व्यापारको क्षेत्रमा अभिवृद्धि गर्दै लग्नु हो । जसका लागि नयाँ र नौलो सोच सहितको आधुनिक प्रविधिले युक्त यातायात सेवाको विकासको उपायदयतालाई कुनै पनि हालतमा विर्सन सकिँदैन ।

परिणामत : नेपाल जस्तो भूपरिवेष्ठित मुलुकले अत्यधिक लाभ हासिल गर्न सम्भव रहनेछ । साथै, सम्बद्ध क्षेत्रको विकासबाट स्वदेशी एवं वैदेशिक व्यापार अभिवृद्धिको सन्दर्भमा नौलो आयाम थप्न कोसेढुंगा सावित हुने देखिन्छ । विशेष गरि भूपरिवेष्ठित मुलुकको व्यावसायिक व्यथा भन्नु नै सामुद्रिक पहुँचको न्यूनता हो । जसका कारण व्यापारको क्षेत्रमा दुर्बलता आई बाह्य व्यापारमा नकारात्मक प्रभाव झेल्नुपर्ने हुन्छ । समग्र दक्षिण एसियाका भूपरिवेष्ठित राष्ट्र भूटान, नेपाल र अफगानिस्थान जस्ता मुलुकका साझा समस्या भन्नु नै भौगोलिक विपन्नताको कारण यातायात क्षेत्रसँग सुमधुर आत्मीय सम्बद्ध विस्तार हुन नसकी आन्तरिक तथा बाह्य व्यापारको क्षयीकरणको समस्यामा रूमलिन बाध्य हुनुपरेको हो । फलत ः यातायात क्षेत्रको विकासको अभावमा आर्थिक विकास र समृद्धिको क्षेत्रमासमेत अपेक्षित सफलता प्राप्त गर्न विलम्ब भएको हो भन्दा फरक नपर्ला । रेलवेको विकासको क्षेत्रमा पनि यसै मूलभूत तत्वले प्रमुख भूमिका निभाउने भएको हँुदा भौगोलिक विपन्नतालाई आधुनिक प्रविधियुक्त यातायातको पहुचले चिर्दै यस क्षेत्रमा विकासका लहरहरू छर्न सक्ने हो भने रेलवेले आफ्नो गति निर्धारण गर्न सक्नेछ ।

तसर्थ ः भू–परिवेष्ठित राष्ट्रलाई भू—जडित बनाउन विशेष प्राथमिकताका साथ कार्य गर्नुपर्ने हुन्छ । यस प्रयोजनको लागि आर्थिक विकासका नयाँ मोडलका अवधारणा सहीत व्यापार प्रबद्र्धनको क्षेत्रमा उल्लेख्य सहभागीता जनाउनुपर्नेछ । जसका लागि सर्वप्रथम अन्तर्राष्ट्रिय समुदायको व्यापारिक पृष्ठभूमिमा आवद्ध गराउँदै अत्यधिक लाभ लिन सक्ने परिस्थितिको निमार्ण गर्नुपर्ने हुन्छ । प्रस्तुत अवस्था त्यो वेला पूर्ण रूपले परिणाममुखी हुनेछ जुन वेला रेलसेवा, सडक यातायात, हवाई सेवा प्रदाय एवं पाईप लाइन सेवामा भू–परिवेष्ठित मुलुकलाई क्रमबद्धरूपमा समाहित गर्दै भू–जडित अवस्थामा पदापर्ण गराई मनग्ये आर्थिक लाभ लिँदै विकसित मुलुकको हाराहारिमा पुग्ने अवस्था प्रारम्भ हुनेछ । जुन अन्तर्राष्ट्रिय समुदायको सहयोगविना सम्भव नभएको हँुदा सम्बद्ध पक्षसँग सहकार्य गर्दै अगाडि बढ्नु सर्वपक्षीय हितकर रहनेछ । जसको पूर्ण सफलताको लागि आर्थिक एवं प्राविधिक सहयोगको सद्भावलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन ।

मोटर—बाटोले पूर्णता नपाएको अवस्थामा रेलमार्गको कुरा निकै नै चुनौतीले भरिपूर्ण रहेको छ । किनकि, अझै पनि मुलुकका केही भू—भागमा तुइनको यात्रामा जीवन र मृत्यूलाई हत्केलामा राखी आफ्नो गन्तव्य निर्धारण गर्नेहरूका लागि आर्थिक विकास र समृद्धि केमा भल्किन्छ भन्ने कुराको भेऊ पाउन गाह्रो हुन्छ ।

यसका अतिरिक्त दैनिक रोजिरोटीको लागि केही दशक अगाडिसम्म भारतका विभिन्न सहरहरूमा समृद्धि देख्नेहरू आज खाडी क्षेत्रमा मानवीय अस्तित्वलाई दाउमा राख्दै उखरमाउलो ४८ज्ञ्५० डिग्रीको तातो घाममा रोटी खोज्नेलाईृ सर्वसुलभ तरिकाले मुलुकभित्रै रोजिरोटीको यथेष्ट वातावरण मिलाउने परिस्थति निमार्ण गर्न राज्य तयार हुनुपर्छ । तत्पश्चात् ः अन्य विकास निमार्णका खाकासहित आर्थिक समृद्धिका लागि नागरिक समाजले राज्यसँग हातेमालो गर्न तयार हुनेछन् । त्यसो भएता पनि आर्थिक विकास र समृद्धिको मेरुदण्ड मानिएको रेलवेको भविष्य निश्चित रूपमा व्यावसायिक अग्नीपरीक्षामा खरो रूपमा उत्रन सक्ने वा नसक्ने भन्ने परिस्थितिले यसको भावी गन्तव्य निर्धारण गर्ने कुरामा हामी कसैको पनि दुईमत हुन सक्दैन ।

प्रदीप उप्रेती
डिल्लीबजार, कालिकास्थान

[email protected]

फोन : ९८४१७५८२८०

प्रतिक्रिया