अर्थबजार

गरिमा बैंकको रक्तदान कार्यक्रम

सौर्य अनलाइन २०७६ मंसिर ८ गते १९:२१ मा प्रकाशित

काठमाडौं । गरिमा विकास बैंकले स्थापनाको १२औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको अवसरमा शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त स्थानहरुमा भएको रक्तदान कार्यक्रबाट ५०० युनिटभन्दा बढी रगत संकलन भएको छ । बैंकको हाल काठमाण्डौंमा १० वटा शाखा सहित देशभर ९० शाखा र ४९ वटा एटीएम संचालनमा छन । २०७६ मंसीर ६ गतेसम्म विकास बैंकले करिब ३६ अर्ब निक्षेप संकलन गरी ३२ अर्ब कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय