पठाओ चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही

काठमाडौँ । यात्रु ओसार्ने पठाओको चालकलाई महानगरीय ट्राफिक प्रहरी वृत्त स्वयम्भूले आइतबारकारबाही गरेको छ । प्रयोजन विपरित सवारी चलाएको भन्दै ट्राफिक प्रहरीले पठाओ चालक विकास तामाङलाई १ हजार रुपैयाँ जरिवानाको चिट काटेको छ ।

प्रयोजन विपरित सवारी चलाएको भन्दै चालक तामाङलाई कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

यात्रु लिन मोटरसाइकल रोक्ने वित्तिकै ट्याक्सी चालकहरुले घेरेर दुव्र्यवहार गरेको पठाओका चालक तामाङले बताए । ट्याक्सी चालकहरुले पठाओको बाइकले यात्रु बोकेको देखे फुटाइदिनेसमेत धम्की दिएको तामाङले बताए ।

प्रतिक्रिया