गाउँमै अपांगता परिचय पत्र वितरण

कालिकोट । ‘मेरा दुवै आँखा अन्धा छन्, सानै छँदा देखि आँखाको समस्या थियो दुईहातले छामछुम गर्दै शिविरसम्म धौ धौ आएँ ।’ शुभकालिका गाउँपालिका ३ कि भाना तिरूवाले बताईन् । उनले भनिन्, ‘पहिला सदमुकाम मान्म जानू पर्थ्यो, सकिनिकि आफन्तले पिठिउमा बोकेर महिला तथा बालबालिका कार्यालयमा पुर्याउँथे, दुईतिन दिन लगायर काम सकिन्थ्यो तर स्थानिय सरकार आएदेखि वडा–वडामा शिविरको आयोजना गर्दा धेरै सहज भएको छ ।’

समयको बचत तथा कम खर्चमा परिचय पत्र पाउने भएपछी आँफु धेरै हर्षित भएको तिरूवाले सुनाईन् । भाना मात्र हैनन्, शुभकालिका गापा वडा नं २का मनीराम जैसि पनि दुबै आँखा गुमायर जन्मजात नै अन्धो छन् । उनलाई पनि पहिला परिचय पत्र लिन धेरै कष्ट हुन्थ्यो । तर अहिले पालिकाले स्थानिय तहमा नै परिचय पत्र बितरण गर्ने भनेपछी खुसिको सिमा नै छैन् । उनले भने, ‘पहिला धेरै खर्चिलो गरि परिचय पत्र ल्याउनु पर्थ्यो, तर अहिले आफ्नै टोलटोलमा सेवा पाउँदा खुशी लागेको छ ।’

६० बर्षकी भाना र ५८ बर्षका मनिराम मात्रै है शुभकालिका गाउँपालिका वडा नं १, २, का करिब १६० जना भन्दा बढि विभिन्न किसिमका अपांगहरूले सेवा लिदै छन् । शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष धनराज शाहीको अध्यक्षता तथा शुभकालिका गाउँपालिका स्वास्थ्य संयोजक एैन बहादुर शाहीको विशेष आतिथ्य रहेको थियो । परिचय पत्र वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाहीले कसैलाई पिरमर्का नपर्ने गरि समस्याको पहिचान गरेर मात्र अपांगता परिचय पत्र बितरण गर्ने बताईन् ।

साथै शाहीले यो शिबिर पालिका स्तरका सबै स्वास्थ्य संस्थामा सञ्चालन गरेर नागरिकलाई सहज रूपमा सेवा दिने पनि बताईन् । वडा अध्यक्ष धनराज शाहीले यस वडाका हरेक नागरिकलाई अब घरघरमा गएर सेवा दिने वातावरण सृजना गर्न आफु लागि पर्ने बताए । परिचय पत्र वितरण छानबिनमा निष्पक्ष गर्न सबैलाई आग्रहसमेत गरे । यस्तै वडा नं २ का अध्यक्ष मनराज शाहीले यो शिविर पहिलो बर्ष नै सञ्चालन गर्ने भनेको तर भौगोलिक बिकटताका कारण ढिला भएको भन्दै अब कुनै पनि कार्य गर्न र नागरिकलाई सहज वातावरण बनाउन लागि पर्ने बताए । त्यस्तै कार्यक्रममा डाक्टर जितेन्द्र महत्व, वडा सदस्य टिकाराम धिताल ३ वडामा नागरिक सरोकारवाला सबैको उपस्थित रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया