‘पागलपन्थी’ लाई खराब प्रतिक्रिया

मुम्बई । शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘पागलपन्थी’ प्रति दर्शकको प्रतिक्रिया खासै राम्रो आएको छैन । अभिनेता जोन अब्राहम, अनिल कपुर, पुलकित सम्राट, उर्वशी ढोलकिया, कृति खरबन्दालगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई लिएर दर्शकमा उत्साह कम देखिएको हो । बलिउडका ट्रेडहरूले यसलाई निकै खराब चलचित्रका रुपमा चित्रण गरेका छन् ।

भारतमा समेत चलचित्रको एडभान्स बुकिङ खराब रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साथै बिहानी सोमा पनि दर्शकको उपस्थिति निकै कम रहेको छ । चलचित्रको गीतसंगीत र ट्रेलरले दर्शकमा कुनै उत्साह ल्याउन नसकेपछि बक्सअफिस कमजोर हुने देखिएको हो ।

त्यस्तै, समीक्षक र दर्शकको समेत खराब प्रतिक्रियाका कारण चलचित्रको बक्सअफिसमा परेको हो । अभिनेता जोन अब्राहिम पछिल्लो समय राष्ट्रियताको कथामा बनेका चलचित्रमा बढी केन्द्रित छन् । तर, यसपटक भने उनले कमेडी जनराको कथामा काम गरेका छन् । तर, उनका लागि आफ्नो रोजाई नै गलत साबित हुने देखिएको छ ।

प्रतिक्रिया