शिक्षकले तलब पाएन्

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकामा रहेको कालिका आधारभूत विद्यालयका हेडमास्टरले चौमासिक नमाग्दा शिक्षकहरूले तलब पाएका छैनन् । पालिकाको वडा नम्बर – पाँचस्थित सहरेमा रहेको आधारभूत विद्यालयका हेडमास्टर झनक बहादुरखड्काले गत आर्थिक वर्षको अन्तिम चौमासिक रकम माग नगरेकाका कारण विद्यालयमा रहेका खड्कासहित पाँच जना शिक्षकले तलब नपाएका हुन् ।

गत आर्थिक वर्षको चैत, वैशाख, जेठ र असार गरेर चार महिनाको तलब नपाएका हुन् । स–शर्त अनुदानमा गाउँपालिका आएको रकम पालिका भित्रका सबै विद्यालयले चौमासिक माग गरेर तलब लगेको, तर सो विद्यालयका प्रअले भने असार अन्तिमसम्म पटक पटक खबर गर्दा पनि चौमासिक रकम माग नगरेका कारण रकम फ्रिज गएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवल किशोर झाले जानकारी दिए ।

पाँच जना शिक्षकहरूको तलब बापतको करिब तीन लाख ३० हजार रुपैयाँ फ्रिज गएपछि ती शिक्षकहरूले तलब लिन नपाएको झाको भनाइ छ । । विद्यालयका प्रअ झनकबहादुर खड्का र हरिबहादुर रोक्का स्थायी शिक्षक हुन् भने मैँया घिमिरे राहात शिक्षक हुन् । त्यसैगरी बाल कोटामा राधिका कार्की र कार्यालय सहयोगीमा राजन खड्का गरेर सो विद्यालयमा जम्मा पाँच जना शिक्षक रहेका छन् । प्रअ खड्का र रोक्का प्राय बिदामा बस्ने गरेको शिक्षा शाखा प्रमुख झाले बताए । शिक्षक रोक्का सोही वडाका वडाअध्यक्ष राजकुमार रोक्काका बुबा समेत हुन् ।

यता विद्यालयका हेडमास्टर खड्काले भने कुन शीर्षकमा कसरी मिलाएर तलब खुवाउने पालिकाले नै टुंगो लगाउने बताए । केही दिन अगाडि पालिकामा गएर छलफल गरिसकेको उनले बताए । गाँउपालिकाका कार्याकारी अधिकृत विज्ञान कोइराला भने हेडमास्टरलाई पटक – पटक यो विषयमा कार्यालयमा बोलाएर छलफल गराएको बताए । १५ दिनभित्र सबै शिक्षकहरूको सञ्चय कोषको रकम नबुझाए कारबाही गरिने र बाँकी विषयमा पनि अनुसन्धान भइरहेको कोइरालाले बताए ।

प्रतिक्रिया