म नभएको भए १४ मिनेटमै हङकङ ध्वस्त हुनेथियोः डोनाल्ड ट्रम्प

एजेन्सी । हङकङ ध्वस्त हुनबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले बचाएको दाबी गरेका छन् । उनले चीनका राष्ट्रपति सि जिङ पिङको लोकतन्त्र समर्थकले गरेको आन्दोलन दबाउन सैनिक पठाउने निर्णयलाई रोक्नाले हङकङ ध्वस्त हुनबाट बचाएको बताए ।

ट्रम्पले आफू नभएको भए १४ मिनेटमै हङकङ ध्वस्त हुने भन्दै राष्ट्रपति सीलाई आन्दोलनकारीमाथि दमन गर्न सैनिक पठाउन नदिएको दाबी गरेका छन् ।

यद्यपि, अमेरिकी संसदमा हङकङमा जारी लोकतन्त्र समर्थकको पक्षमा बिल पेश गरिएको थियो । उक्त बिलमा कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले लोकतन्त्रीवादीहरुको पक्षमा वकालन गर्ने र मित्र सीको पक्षमा पनि कुराकानी गर्ने बताएका थिए ।

ट्रम्पले भने, ‘सी जिङपिङले हङकङभन्दा बाहिर लाखौँ सैनिक तैनाथ गरेर राखेका छन् , तर उनीहरु भित्र छिर्दैनन् किनकी मैले त्यस्तो गर्नबाट रोकेको छु, त्यस्तो गर्नु ठूलो भूल हुनेछ । यसबाट व्यापार सम्झौतामा निकै ठूलो असर पुग्नेछ ।’

प्रतिक्रिया