रकमको पखाईमा छात्रावास

अर्घाखाँची । भौगोलिक हिसाबले नेपालकै ठूलो शीतगंगा नगरपालिका अर्घाखाँची जिल्लाको दक्षिणी भेगमा अवस्थित छ । त्यहीँ नगरपालिका भित्रको करिव चार घण्टासम्म हिँडेर विद्यार्थी विद्यालय आउने विद्यालय हो जनजागृती माध्यमिक विद्यालय शीतगंगा नगरपालिका–१० मा रहेको छ ।

भौगोलिक विकटता, कारण विद्यार्थीलाई आउँदाजाँदा निकै गाह्रो हुने पढाइमा समेत प्रभाव पर्ने भएकोले विद्यालयका ८० जना विधार्थीलाई विद्यालयमै खाना खाने व्यवस्थासहित छात्रावासमा पढाइ सञ्चालन गरिरहेको छ । भवन प्रर्याप्त नहँुदा पुरानै जीर्ण भवनमै खाने बस्ने व्यवस्थापनसहित अध्यापन गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेलले बताए । पौडेले भने, ‘केही रकम त विनियोजन भएको छ, चार कोठे भवन निमार्णधिन अवस्थामा छ तर त्यो बजेट अपर्याप्त भयो कसरी केके कुरामा व्यवस्थापन गर्ने निकै भयो ।’

०१४ सालमा स्थापना भएको यो विद्यालयमा अहिले ६ देखि १२ कक्षासम्म मात्र पढाइ हुने गर्दछ । निकै समस्याबाट अगाडि बढेको उक्त रिजल्ट र गुणस्तरको हिसालले पनि जिल्लाकै राम्रो विद्यालयमा चिनिन्छ । उक्त विद्यालयमै अध्ययन गरेका अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णु बेल्वासे, त्यस्तै इन्जिनियर दीपेन्द भुसाल, अमृत प्रोख्रेललगायत धेरै सफल जनशक्ति जिल्ला र देशमै प्रतिष्ठित नामहरू उत्पादन गर्ने विद्यालय हो ।

०६६ सालबाट कक्षा ११÷१२ मा समेत पढाइ सुरु गरेको विद्यालयले छात्रावासमै बसेर खाने बस्ने र अध्ययन गर्ने विद्यार्थीलाई मासिक रूपमा जम्मा ५० रुपैयाँ मात्र लिने गरेको विद्यालयका प्रअ शोभाखर बन्जाडेले बताए । गुणस्तरीय पढाइ र विद्यालयको सहज वातावरणले गर्दा अध्ययनकै लागि जिल्ला सदरमुकाम जान नपरेको विधार्थी आकाश आलेले बताए, उनले भने, ‘हामीहरूले यही नै राम्रोसँग अध्ययन गरेका छौँ हजारौँ खर्च गरेर राम्रो भनिने विद्यालयमा पढ्ने विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छौँ ।’

भौगोलिक विकटताले गर्दा तल्लो कक्षामा पढाइ नभई विद्यालयमा ६ देखि १२ कक्षामा मात्र पढाइ हुने विद्यालय सबै सरोकारवालाहरूको नजर अलि कम परेको छ तर अभिभावक विद्यालय व्यवस्थापन समितिको लगावले विद्यालय राम्रो गरी चलेको देखिन्छ । तर, यति विकटमा यसरी विद्यालय सञ्चालन गर्नु आपूmमै चुनौतीपूर्ण छ राज्यका सम्बन्धित निकायले यस्ता विद्यालयहरूलाई विशेष विद्यालयको रूपमा हेर्नुपर्ने देखिन्छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया