नवनियुक्त मन्त्री गुरुङद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि मन्त्री गुरुङले सिंहदरबार कार्यकक्षमा पुगेर पदभार ग्रहण गरे ।

त्यस अवसरमा मन्त्री गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया