हेराल्ड कलेज दिक्षान्त समारोह सम्पन्न

काठमाडौं । हेराल्ड कलेज काठमाडौंको पहिलो दिक्षान्त बुधबार समारोह सम्पन्न भएको छ । दिक्षान्त समारोहमा बिएस्सी अनर्स कम्प्युटर साइन्स कोर्ष पुरा गरेका ६७ जना बिद्यार्थीलाई बेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति टिच स्टिलले दिक्षान्तको प्रमाणपत्र प्रदान गरे ।

सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्ड कलेज काठमाडौं विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्य उत्कृष्ठ मानिन्छ । दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि सहकुलपति टिच स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा दिएको बताए ।

प्रतिक्रिया