प्रहरीलाई घुस दिन खोज्ने महिला पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ टोखा नगरपालिका ५ बसुन्धरास्थित आगमन फुडलेन्ड एन्ड गेस्ट हाउसमा अवैध गतिविधि हुने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत महाराजगन्जको प्रहरी टोलीले छापा मारी चेकजाँच गर्ने क्रममा प्रहरीलाई प्रलोभनमा पारी घुस दिन खोज्ने एक महिलालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले अवैध कृयाकलाप हुँदैछ भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीलाई नगद ५० हजार घुस दिन खोज्ने महिलाई पक्राउ गरिएको बताए ।

डिएसपी लम्सालका अनुसार होटलकी सञ्चालिका उदयपुरगढी गाउँपालिका– ८ घर भइ टोखामा बस्ने ४० बर्षीया सोममाया राईलाई आवश्यक कानुनी प्रक्रिया पुर्याई थप कानुनी कारवाहिको लागि अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा पठाएको छ ।

प्रतिक्रिया