चीन र भारतमा इसाई साम्राज्यको प्रारूप

चीनको रेशम मार्ग हुँदै चीन पुग्ने पहिलो व्यापारीको रूपमा मार्कोपोलोका पिता निकोलोपोलो र यात्रीको रूपमा इटालीका मार्कोपोलो थिए । निकोलोपोलो हिरा, मोती, सुगन्धित तेल, बहुमूल्य पत्थर, आदिका व्यापारी थिए । चीन, मंगोलियामा सम्बन्ध बढाउन सकेमा व्यापार राम्रो हुन सक्ने ठानेर उनी चीनको राजधानी पेकिङ जान चाहेका थिए ।

एकपटक पर्सियाबाट चीन आउने जाने दूतको सहयोगबाट चीन जाने मौका पाए र उनी चीनका सम्राट कुब्लाई खाँसँग भे्ट्न दरबारमा पुगे । दरबारमा उनले निकै मान्यता पाए । पछि निकोलोपोलो युरोप फर्केर चीनको सबै कुरा पोपलाई सुनाए । पोप चीनमा इसाई धर्म प्रचारक पठाउन इच्छुक भए । त्योवेलादेखि चीनमा इसाई धर्म प्रचारको लागि अप्रत्यक्ष वातावरण सिर्जना हुन लाग्यो । चीनका सम्राट पनि त्यसमा अनुकूल थिए ।

पोपसँग भेटेको दुई वर्षपछि १७ वर्षका मार्कोपोलो समेत पिताको साथमा सन् १२७५मा विशाल मरूभूमि, पहाड, हिउँले ढाकिएको मैदान नाघ्दै बडो कष्टकासाथ चीन पुगे । कुब्लाई खाँको दरबारमा निकोलोपोलो र मार्कोपोलो सम्मानसाथ बस्न पाए । मार्कोपोलोले त्यहाँ चाँडै मंगोल र चीनियाँ रीतिरिवाजको अध्ययन गर्न सके। चीनमा भेनीस भन्दा राम्रा र भव्य रूपमा देखे । माकोपोलोले चीनको दरबारमा केही वर्ष बिताए । क्रमशः १२८६ तिर पर्सियाबाट दूतहरू कुब्लाई खाँको दरबारमा पुगेर चीनिया राजकुमारी पर्सियाका राजकुमारसँग विवाह गराउने कुरा चलाए । विवाह सम्पन्न भयो ।

कुब्लाई खाँले पछि मार्कोपोलोलाई सुन, चादी, हिरा अमूल्य बस्तुहरू उपहार दिएर पठाए । त्यसपछि प्रत्यक्ष रूपमा धर्म प्रचारकहरू चीनमा खुल्ला रूपमा आउन जाने बातावरणको सिर्जना हुन गयो । यसरी चीनमा इसाई धर्म व्यापक हुँदै गयो । तर सन् २००० देखि चीन इसाई धर्म प्रचारकसँग सशंकित हुँदै गयो र सन् २०१४–०१५ पछि चीनमा चर्चहरू भत्काउन थालिएको छ । इसाईहरू विश्वमा इसाईकरण गर्न चाहन्छन् भन्ने तथ्य बुझेर चीन इसाईकरणको विरोधमा छ ।

यता भारतमा सर्वप्रथम सन् १५९९ मा बेलायतमा लार्डमेयरको अध्यक्षतामा एउटा वैठक बस्यो । त्यस बैठकले एक व्यापारी संस्था बनाउने निर्णय ग¥यो । संस्थाको नाम ‘इस्ट इन्डिया कम्पनी’ राख्ने निर्णय भयो । त्यसपछि इस्ट इन्डिया कम्पनीले सन् १६४० मा मद्रासमा आफ्नो व्यापारी केन्द्र खडा ग¥यो । त्योवेला मुसलमान बादशाह शाहजहाँकी छोरी बिमारी थिइन् । उनी बिमारी भएको वेला अंग्रेज डाक्टरले निको पारेकाले बादशाह खुसी भए । त्यसबाट अंग्रेजी डाक्टरले बंगालमा व्यापारी केन्द्र बनाउने र त्यहाँ व्यापारमा कर छुट हुनुपर्ने कुरा माग गरेपछि बादशाहबाट स्वीकृत भयो ।

उता महाराष्ट्रमा हिन्दू राजा शिवाजीको शासन थियो । शिवाजीदेखि औरंगजेव असंतुष्ट थिए । औरंगजेवले अंग्रेजसँग सहायता लिएर हिन्दु राजा शिवाजीलाई दबाउन सके । हिन्दू राजालाई विस्थापित गर्न सकेकोमा त्यसको सट्टामा अंग्रेजलाई औरंगजेवले व्यापारी सुबिधा र हतियार राख्न समेत सुविधा दिए । त्यस्तै दिल्लीमा मुगल सम्राट पार्रूखसिमर रोगबाट पीडित थिए । अंग्रेजसँग आएका हेमिल्टन नाम गरेका डाक्टरले सम्राटको रोग निको पारे । त्यसपछि बादशाह खुसी भएर बंगाल, बिहार, उडिसामा व्यापार गर्ने र व्यापार कर, चुंगीकरबाट पनि छुटकारा दिलाउने निर्णय गरे ।

त्यसपछि इस्ट इन्डिया कम्पनीले कलकत्ता र मद्रासका केही भाग पनि भेटस्वरूप पाए । भारतका मुख्य व्यापारी केन्द्र बन्दरगाह अंग्रेजको अधीनमा परिसकेपछि फ्रान्सेली र पुतृगालीहरू पनि भारतमा जम्न लागेता पनि धर्म प्रचारको स्वरूप उउटै जस्तो भएता पनि इस्ट इन्डिया कम्पनीको अगाडि केही चलेन । विस्तारै अंग्रेजले भारतको रीति–रिवाज, धर्म, संस्कार, चालचलन बुझ्दै गए । मुसलमानहरूको अत्याचार कहाँ कहाँ कसरी हुँदैछ भन्ने कुराको खोजीमा पनि अंग्रेजहरू लागे । मुसलमान नादिर शाहले जनतालाई लुट्ने दुःख दिने गरेकाले र कुन शासकको कहाँ बदमासी छ त्यो पत्ता लगाएर अंग्रेज व्यापारीलाई भारतीय जनता भड्काउन सजिलो हुँदै गयो । प्रारम्भदेखि नैं ‘मुखमा राम राम बगलीमा छुरा’को नीति थियो अंग्रेजी साम्राज्यको ।

पहिला क्लाइन भन्ने भारतमा इस्ट इन्डिया कम्पनीको क्लर्क भएर आएको थियो । त्यो व्यक्ति अत्यन्त बाठो भएकाले सन् १९५४ मा इंग्ल्यान्डले इस्ट इन्डिया कम्पनीको गभर्नर बनाएर भारत पठाइयो । यसरी क्रमशः व्यापारपछि धर्म परिवर्तन गर्दै इस्ट इन्डिया कम्पनीले हतियारको प्रभूत्व बढाउन थाल्यो । सन् १८४८ मा लार्ड डलहौजी भारतको गभरनर जनरल भएर आएपछि मध्यप्रदेशको उदयपुर, नागपुरलाई अनेकौँ तीक्डम् भिकेर अंग्रेजले अंग्रेजी साम्राज्यमा मिलायो ।

त्यस्तै सन् १८५८ मा नेपालका जंगबहादुर समेतको पल्टनको सहयोगमा अवध– लखनऊमा पनि कब्जा जमायो । नबाब बनीर शाहकी रानी बेगम हजरत महलको समेत केही नलागेपछि बेगमलाई नेपालमा आउने वातावरण मिल्यो । त्योवेला हिराका हार र बहुमूल्य सामान समेत जंगबहादुरले पाएका थिए । यसरी अंगेजी साम्राज्यले भारतमा जरा गाड्न थालेको अवस्थामा सन् १८५६मा पादरी काल्डवेलले भारतमा साम्राज्य स्थापना गर्नको लागि हतियार प्रयोग गरेर क्रिस्चियन धर्म लाध्न हिन्दू संस्कृति छिन्नभिन्न पार्ने कार्य प्रारम्भ गरे ।

सन् सन् १८३५ तिर लर्ड मेकालेले ब्रिटिस पार्लियामेन्टमा भारतमा अंग्रेजी सभ्यता लागु गर्ने हो भने भारतीय संस्कृति, धर्म सम्पूर्ण समाप्त गरेर अंग्रेजी भाषा, इसाई धर्म, इस्वी संवत् भारतीय परम्परा भन्दा उत्कृष्ट हो भनेर खल्बल्याउन सक्नुपर्छ नत्र भारतीयहरूलाई बदल्न सकिदैन भन्ने आसयको विचार व्यक्त गरेपछि बेलायती संसदले भारतमा आफ्नो वर्चश्व स्थापित गर्ने सम्पूर्ण स्रोत–शक्ति प्रत्यक्षरूपमा कार्यान्वयन् ग¥यो र भारतका सम्पूर्ण राज्यहरूमा अंगे्रजी साम्राज्य स्थापित भई जहासक्दो हिन्दुत्वप्रति नकारात्मक भर्इृ इसाईकरण हुन थाल्यो ।

त्यस्तै नेपालमा मल्ल शासनकालमा मल्ल राजाहरूलाई प्रभाव पारेर भक्तपुर, कान्तिपुरका केही नेपालीलाई क्रिस्चियन बनाइएको र पछि सन् १७६८ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीहरूलाई यहाँबाट लखेट्न सकेका थिए । कान्तिपुरमा जयप्रकाश मल्ललाई प्रभाव पारेर गोर्खा फौजलाई कीर्तिपुरबाट हराएर फर्काउन केपुचीन पादरीले इस्ट इन्डिया कम्पनीमा फौज पठाउन लेखापढी गरेको आधारमा २४०० अंग्रेज पलटन नेपालभित्र छिरेका थिए ।

पछि गोर्खाली फौजले अंग्रेजी पल्टन्लाई हराएर लखेटेका थिए । अंग्रेजहरूले यसक्षेत्रमा कब्जा जमाए भने जनताको कस्तो दुराअवस्था होला भन्ने कुराले उनलाई चिन्तित बनाएको थियो । त्यसवेला पृथ्वीनारायण शाहले भनेका थिए–‘गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन् । फिरंगी भनेको ब्वाँसो हो । जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो । तर फिरंगी भिनेको अर्कै हो ।’ त्योवेलादेखि इसाईहरूको षड्यन्त्रप्रति पृथ्वीनारायण शाह आक्रोशित बनेर लखेटेका थिए ।

त्यसकारणले क्रिस्चियनहरू हिन्दु तथा नेपालका पहिचानहरूप्रति नकारात्मक बनेका थिए । पहिला जे जस्तो भएता पनि २००७ सालपछि क्रिस्चियनहरू नेपालमा छिट्फुट पसे पनि कुनै विरोध गरिएको थिइएन । इसाई मिसिनरीले पाटनमा शान्ता भवन अस्पताल, सेन्टमेरी, सेन्टजेवियर स्कूल र पाल्पामा मेसिनरी अस्पताल संचालन गरे । भित्रभित्रै धर्म प्रचार पनि हुन थालेता पनि खास बिरोध उठेको थिएन । ०४६ सालपछि केही मात्रमा खुलेर धर्म परिवर्तन गराउन लागे । तर, ०६३ सालको आन्दोलनपछि त हद भयो । नेपालमा भारत स्वतन्त्र भएकावेलादेखि नै भारतीय प्रशासनिक संयन्त्र–साउथ ब्लकले नेपाल माथि घिनलाग्दो थिचोमिचो गर्दै आएको र हिन्दू तथा बौद्ध स्थलमा इसाईहरूबाट भावानात्मक आक्रमण गराउन वातावरण सिर्जना भयो । यसले गर्दा नेपाललाई आफ्रनो मौलिकता बचाउन अप्ठयारो महसुस हुन थाल्यो ।

विघटीत माओवादीभित्र प्रचण्ड, बाबुराम भट्टराई, कृष्णबहादुर महरा धेरै जसो क्रिस्चियन भएकाले नेपालमा धर्म परिवर्तन गर्न सजिलो पनि भयो । त्यसपछि क्रिस्चियनहरू पैसाको खोलो बगाउँदै धर्मपरिवर्तन गराउन झन् झन सक्रिय बनेर नेपालका गाउँगाउँमा छिर्न थालेका हुन् । ०६३ सालको आन्दोलनको अघि–अघि तोडफोड गर्दै उघ्र नारा लगाउनेहरू योजनावद्ध रूपमा आन्दोलनकारीको अघि अघि हिड्ने क्रिस्चियनहरू थिए । पृथ्वीनारायण शाहका सालिक भत्काउने सबै क्रिस्चियन माओवादी रहेछन् ।

पौष २७ गतेको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको सार्वजनिक बिदा हटाउनमा भारतीय गुप्तचरको सिफारिसमा गृहमन्त्री बनेका कांग्रेसका कृष्ण सिटौलाले नै बाबुराम भट्टराईको दबाबमा हटाएका हुन् । क्रिस्चियनहरूले विश्वका अनेकौँ राष्ट्रहरूमा धर्मको नाममा सम्राज्य स्थापना गर्न खोजेका छन् । सिआए र यूरोपका इसाई राष्ट्रहरूले पैसाको बलमा अफ्रिका र अरबभित्र पसेर कैयौँ देशको विखण्डन र लुट मच्चाएका छन् । अहिले दक्षिणपूर्व एशियालाई क्रिस्चियनकरण गर्नमा पश्चिमी देशहरू नैं खनिएका छन् ।

इसाईहरू कस्ता हुन्छन् भने दक्षिण सुडानमा क्रिस्चियनकरण गराएरू सुडान फुटाएर छाडे । विश्वमा जहाँ जहाँ जहाँ क्रिस्चियनकरण गर्न खोजिएको छ त्यहाँ कही शान्ति छैन । उनीहरू मानव अधिकारको नारा दिन्छन् तर क्रिस्चियनकरणको समर्थन नगर्नेहरू मारिन्छन् काटिन्छन् । संयुक्त राष्ट्र संघ पनि क्रिस्चियनको दबाबमा स्थापना भएको र उसको मानव अधिकारको इकाईले पनि यही काम गर्छ । कुनै मुसलमान वा हिन्दू वा बुद्धिस्ट मारियो भने त्यहाँ मानव अधिकारको कुनै प्रश्न उठाइँदैन । तर, कुनै क्रिस्चियन् मारियो वा चर्च भत्कियो भने त्यस्ता कथित मानव अधिकारवादी हाहाकार मच्चाउछन्, कराउँछन् ।

विद्वान प्रकाश ए. राज लेख्छन्– ‘हिन्दूधर्मको दाँजोमा संसारका कुनै पनि धर्म उदार र सहिष्णु छैनन् । क्रिस्चियन धर्मभित्र अन्धविश्वास, संकीर्णता, अनुदार एवं हैकमवादले गाँजेको छ, अरूहरूको धर्ममा सहअस्तित्व भन्ने भावनानैं उनीहरूमा पाइन्न । त्यस्तै एक भारतीय विद्वान एस्. कल्याणरमण भन्छन्– हिन्दूवाद भनेको बौद्धिक जागरणको साझा बाटो हो । यसैबाट मुस्लिम र क्रिस्चियनधर्मको प्रादुर्भाव भएको हो । जिसस् क्राइस्टकी आमा हिन्दू थिइन् । जिसस् पनि हिन्दू संस्कारबाट उठेका हुन् । जिसस् क्राइस्टपछि उठेको टाइटल हो– ग्रिकको हिभ्रू भाषाबाट बनेको ।

नेपालका खोजकर्ता विद्वान् डा. स्वामी प्रपन्नाचार्यले पनि वेदमा छ के भन्ने पुस्तकमा श्री बाबा सावारकर, पादरी गोपालाचार्य, डा. बुकानिन्, डा. स्पेन्सर, रुसका विद्वान डा. निकालसनोटोविचको सोध पुस्तक– ‘जिजस्को अज्ञान जीवन पुस्तक आदिका भनाइलाई उद्धृत गर्दे लेखेका छन्– ‘हजरत इसाको जन्म भारतको हिन्दु परिवारमा भएको हो । ल्फोरेन्समा ईसाकाकी आमा मेरीको मूर्ति राखिएको छ । इसाकी आमाको मूर्ति हिन्दू रानी–महारानीजस्तो साडी–गुनिऊँ लगाएको र निधारमा हिन्दूहरूले लगाउने टीका लगाएको छ ।’ अतः नेपाल पुरानो सार्वभौम राष्ट्रमा जहाँ वैदिक, सनातन हिन्दू तथा बौद्धभूमि बचाएर नेपालको पहिचान अटल राखेर नेपाललाई धर्म परिवर्तन गरी इसाईकरण गर्ने षडयन्त्रबाट नेपाल बस्नुपर्छ ।
Email:[email protected]

प्रतिक्रिया