मजदुरको शव फेला

काभ्रे । इन्द्रावती नदीमा एक मजदुरको शव फेला परेको छ । मंगलबार बिहान ९ बजेको समयमा जिल्लाको मण्डनदेउपुर नगरपालिका–६ स्थित इन्द्रावती नदीमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ गंगोरटोल बस्ने सुब्बा तामाङको छोरा २८ वर्षीय लाक्पा तामाङको मृत अवस्थामा फेला परेको हो ।

सिन्धुपाल्चोकमा नै मध्यपहाडी लोकमार्गमा लेबर काम गर्दै आइरहेका तामाङ मंसिर २ गते आपूmखुसी हिँडेकोमा ३ गते नै निजको शव नदी किनारमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनको मृत शरीरको मुचुल्का गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया