बझाङमा ५.७ रेक्टरको भूकम्प

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ केन्दबिन्दु बनाएर मंगलबार साँझ ठूलो भूकम्प गएको छ । साँझ सबा सात बजे गएको भूकम्पको धक्का आसपासका जिल्ला साथै भारतमा पनि महसुस गरिएको थियो ।

बझाङको खप्डछान्ना गाउँपालिका–१ पौवागडी आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार सुदूरपश्चिम र कर्णालीका सबै जिल्लामा भूकम्पको महसुस गरिएको छ ।

यसका साथै भारतका केही ठाउँ र प्रदेश नम्बर ५ का केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । उनले भूकम्पका कारण भएको क्षतिको विवरण यो समाचार तयार पार्दासम्म नआएको बताए । भूकम्पपछि स्थानीय घरबाहिर निस्किएका थिए । उनीहरूमा राति अबेरसम्म त्रासको महसुस गरेका थिए ।

प्रतिक्रिया