विश्वकप फुटबल छनोटमा नेपाल कुवेतसँग पराजित

काठमाडौँ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा कुवेतसँग नेपाल पराजित भएको छ । भुटानको थिम्बुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको हो ।

दशरथ रंगशालाको मैदान निर्माणले पूर्णता नपाएका कारण नेपालले न्युटल भेन्युको रुपमा भुटानमा घरेलु खेल खेलेको हो । नेपालले कुवेतविरुद्ध केही गोल गर्ने अवसर गुमाएको थियो । यसअघि कुवेतमा भएको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । समूहमा नेपालसहित कुबेत, जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेई छन् । नेपालले यसअघि चारवटै खेल खेलिसकेको छ । चार खेलमा नेपालले तीनवटा हार बेहोरेको छ । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० गोलले हराएको थियो ।

नेपाल तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० गोलले पराजित भएको थियो । चौथो खेलमा नेपालले जोर्डनसँग ३–० गोलको हार बेहोरेको थियो । छनोट अन्तर्गत नेपालले अब बाँकी तीन खेल दशरथ रंगशालामा खेल्नेछ ।

प्रतिक्रिया