‘चियाबारी राम्रो’ सार्वजनिक

काठमाडौं । एकताका निकै लोकप्रिय रहेको गंगाराज मुकारुङद्वारा रचित गीत ‘इलामे सहर चियाबारी राम्रो त्यहीँ प¥यो घर हाम्रो’ को पुनः गायन गरी भिडियो सार्वजनिक गरिएको छ । बुलु मुकारुङको संगीत तथा स्वयं बुलुसहित कुन्ति मोक्तानको आवाज रहेको गीतलाई अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा रिभोकल गरिएको हो ।

नोर्बु शेर्पाले रिएरेन्ज गरेको गीतको भिडियोमा अशोक मुकारुङ, सुकुम पारघरी लिम्बू, मन्दिप मुकारुङ र विमला राना मगरले अभिनय गरेका छन् । सुजन गुरुङले शृंगार, युनिक डान्स सेन्टर इलामका तेजु राना मगरले कोरियाग्राफी र मन्दिप मुकारुङले भिडियोको छायांकन गरेका छन् ।

भिडियो जीवन मुकारुङको निर्देशन र सम्पादनमा तयार भएको छ । उक्त भिडियो सेवा इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया