चिसो बढेसँगै सीमा प्रहरीचौकी सारियो

मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकामारोङ गाउँपालिका–२ मुगु गाउँमा रहेको सीमा प्रहरीचौकी सारिएको छ । सीमा सुरक्षाका लागि राखिएको प्रहरीचौकी चिसो बढेसँगै बँेसी पुलु प्रहरीचौकी र सदरमुकाम गमगढीमा सारिएको हो । नेपाल र चीनको सीमा नाकाबाट अवैध व्यापार आयातनिर्यात नहोस् भन्ने उद्देश्यले राखिएको सीमा प्रहरीचौकी चिसो अत्याधिक बढेकाले मुगुमकामरोङ गाउँपालिका–६ पुलुमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

बेँसी झरेका प्रहरी आगामी गर्मी सिजन यार्सागुम्बा टिप्ने समय वैशाख–जेठमा माथि जाने र चिसोको समय कात्तिक अन्तिमतिर पुलु प्रहरीचौकीमा सदरमुकाम गमगढी झर्ने गर्दछन् । मुगुमकामरोङ गाउँपालिकाको माथिल्लो क्षेत्रमा अत्यन्तै कठ्यांग्रिने चिसो हुने भएकाले विभिन्न समस्याका कारण प्रहरी चिसोमा ६ महिना बेँसी झने र गर्मीमा ६ महिना माथितिर जाने गरेका जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार विभिन्न सेवा सुविधाहरू नभएको त्यस क्षेत्रमा हिउँदको समयमा चौकी राख्न निकै समस्या रहेको साहको भनाइ छ । यसैबीच चिसोका कारण करान भेगका माथिल्लो क्षेत्रका स्थानीय बेँसी झर्न सुरु गरेका छन् । चिसो अत्याधिक हुने भएकाले मुगुमकामरोङ गाउँपालिकाको माथिल्लो भेगका मुगु, डोल्फ, चिताई, खारी लगायतका बस्तीका स्थानीय चिसो सिजनमा बेँसीतिर झर्ने सुरु गरेका छन् ।

मौसमी बसाइँसराई अनुसार माथिल्लो क्षेत्रमा बाक्लो हिमपात हुने भएकाले पशुचौपायका साथ स्थानीय बँेसी, पुलु, ढुग्रेधारालगायत तातो हुने स्थानमा झर्न सुरु गरेका छन् भने हुनेखाने सदरमुकम गमगढी, जुम्ला नेपालगञ्ज, काठमाडौंसम्म बसाइँसराइ सर्ने गर्दछन् ।

प्रतिक्रिया