टाटा नेक्सन बन्यो फाइभ स्टार सेफ्टी रेटिङ कार

काठमाडौं । टाटा मोटर्सको सबैभन्दा मनपराइएको सब–म्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनले कार सुरक्षातर्फ नयाँ बेन्चमार्क कायम गर्दै अन्तर्राष्ट्रिय कार सुरक्षा नियमन निकाय ग्लोबल एनक्याप गरेको सुरक्षा सम्बन्धी परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ । भारतमा फाइभ स्टार प्राप्त गर्ने टाटा नेक्सन एकमात्र कार हो ।

ग्लोबल एनक्यापले गरेको क्र्यास टेस्टमा नेक्सनको स्ट्रकचर इन्टिग्रिटी र ओभरअल सुरक्षाको आकलन गरिएको थियो । कारको दुवै फ्रन्ट र साइड इम्प्याक्टहरूको पनि परीक्षण गरिएको थियो । ग्लोबल एनक्यापले गरेको दुवै परीक्षणबाट प्राप्त मूल्यांकन अंकमा भारतीय बजारका सबै गाडीका मोडलहरूमध्ये टाटा नेक्सनले सबैभन्दा बढी एडल्ट अक्युपेन्ट सेफ्टी स्कोर (१६.०७ र १७.००) प्राप्त गर्दै पूरै फाइभ स्टार रेटिङ प्राप्त ग¥यो ।

प्रतिक्रिया