अर्थबजार

भृकुटीमण्डपमा वित्तीय मेला

सौर्य अनलाइन २०७६ मंसिर १ गते १८:२१ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपालमा लगानीका प्रचुर सम्भावना भएको बताएका छन । मिडिया इन्टरनेशनल, काठमाडौंले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा उनले लगानीको सम्भावना र बजार सुनिश्चित हुँदाहुँदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य बताए ।

वैदेशिक विभागको पछिल्लो तथ्यांकमा विश्वका ८४ देशमा झन्डै ५० लाख युवा वैदेशिक श्रममा रहेको उल्लेख छ । रोजगारमा रहेका अधिकांश नेपाली युवामार्फत नेपालमा वार्षिक करिब आठ खर्ब विप्रेषण रेमिट्यान्स भित्रिने गरेको छ । वित्तीय चेतना अभिवृद्धि पु¥याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बैंक, बीमा र लघुवित्त संस्थाका गरी कूल ४८ अवलोकन तथा परामर्श कक्ष समावेश गरिएको छ ।

प्रदर्शनी कक्षमा रहेका परामर्श दाताले अवलोकनकर्तालाई आ–आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीका बारेमा जानकारी दिने आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले बताए । सोमबारसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा बैंक, बीमा, नेपाल धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर्स संघ तथा शेयर विज्ञहरुले लगानीकर्तालाई लगानीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय