पावर न्यूज म्यूजिक अवार्डको तेस्राे संस्करणको फारम खुल्ला

काठमाडौँ । नेशनल पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम ननेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्डको तेस्रो संस्करण सन् २०२० को लागी फारम मंसीर १ गते आइतबारदेखी खुल्ला भएको आयोजकले जनाएको छ ।

नेपाली भाषासहित नेपालका वोलिने विभिन्न राष्ट्रिय भाषाका गीतहरुको सहभागितामा सम्पन्न हुने कार्यक्रमलाई नेपाली कलाकारहरुले उत्सवको रुपमा लिने गरेका छन् । नेपाली भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरी गीतहरुको विभिन्न विधामा प्रतिष्प्रधा रहने छ भने भाषार्फ काठे गीत, देउडा, नेपाल भाषा, तामाङ , राई , लिम्बु, मैथली, भोजपुरी, मगर, शेर्पा, थारु, राजवंशी, गुरुङलगायत विभिन्न भाषाका गीत संगीतहरुमा प्रतिस्पर्धा हुने पिम नेपालका अध्यक्ष माधव राज खरेलले जानकारी दिए ।

नेपाली चलनचल्तीका भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरीका लागी अंग्रजी क्यालेन्डर अनुसार जनवरी १, २०१९ देखी डिसेम्वर ३०, २०१९ (१ बर्ष) सम्म वजारमा आएका अडियो–भिडियोले अवार्डमा सहभागी हुन पाउनेछन् भने भाषा भाषि अन्तर्गत जनवरी १, २०१८ देखी डिसेम्वर ३०, २०१९ सम्म (२ बर्ष) भित्रमा वजारमा आएका गीत संगीतले भाग लिन पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया