कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर

काठमाडौं । प्रभु बैंकले मोरङ्गको विराटनगर महानगरपालिका वडा–७ स्थित कोशी अस्पतालमा काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले उपचार तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध गराउने भएको हो । कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालनको लागि सम्झौतामा हस्ताक्षर भएको छ ।

हस्ताक्षर सम्झौतामा कोशी अस्पतालका तर्फबाट प्रमुख सुपरीटेन्डेन्ट डा. श्री गुणराज लोहनी र प्रभु बैंकका तर्फबाट प्रदेश १ का कार्यालय प्रमुख श्री लेखराज कार्कीले हस्ताक्षर गरेका थिए । प्रभु बैंकले कोशी अस्पतालको आधिकारिक बैंकको रुपमा बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित उपचार सेवामा सहयोगीको भूमिका निर्वाह गर्न पाउँदा खुशी व्यक्त गरेको छ ।

प्रतिक्रिया